वृद्ववृद्वालाई सहकारीको भोज


काठमाडौ पौष २५ । काठमाडौको गोल्फुटारमा संचालनमा रहेको दिव्य सेवा निकेतनमा आश्रित बृद्धा आमाहरुलाई माता म्हेपी बचत तथा ऋण सहकारी संस्था धर्मपथकोले भोजन खुवाएको छ । निकेतनमा आश्रय लिइ रहेका बृद्धा आमाहरुलाई भोजनको व्यवस्था गरेको संस्थाका अध्यक्ष कृष्ण नारायण श्रेष्ठले बताउनुभयो ।
आस्थाका देवी म्हेपी आमाको नामवाट संचालन भइरहेको यस संस्थाले आफनो पाँचौ साधारण सभाका अवसरमा भोज खुवाएको जानकारी दिएको छ ।
दिव्य सेवा निकेतनको नामवाट विगत १४ बर्ष अघि काठमाडौको गोल्फुटार आवास क्षेत्रमा स्थापित सो संस्थामा निशुल्क रुपमा १५ जना बृद्धा आमाहरुलाई हेरचाहका साथ राखिएको र हेटौडामा सो संस्थाको बृहत रुपमा विस्तार भइरहेको कुरा सो सेवा केन्द्रका प्रवन्धक आनन्द सिंहले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन