समय सेभिङ क्रेडिटद्वारा बोर्डिङ सञ्चालन

सिन्धुली पुस २५। समय सेभिङ क्रेडिटको अपरेटिभले वोडिङ सञ्चालन गरेको छ ।
३ करोडको कारोबार गरेको छ ।
अध्यक्ष राम वहादुर वज्युले वोडिङमा पाँच कक्षा सम्म पढाई हुने गरेको बताउनुभयो । सिन्धुलीमाढीमा सञ्चालित मिलिजुली वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकार्य वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्वर्णिम भविष्य वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका सहकारीहरुले २ करोड भन्दा वढी कारोबार गरेका छन् ।
सहकारी डिभिजन कार्यालय धनुषाका अनुसार सिन्धुलीमा ४ सय भन्दा वढी सहकारी रहेका छन् । डिभिजनमा दर्ता भएका सहकारीहरु मध्ये वचत तथा ऋण सहकारी सिन्धुलीमा धेरै छन् । पछिल्लो समयमा सिन्धुलीमा कृषि सहकारी दर्ता हुने क्रम वढेको छ । आर्थिक वर्ष २०७०÷७१ मा डिभिजन सहकारी धनुषामा ६१ वटा कृषि सहकारी दर्ता भएका छन् ।
जम्मा दर्ता भएका १ सय ३९ सहकारी मध्ये जुनार उत्पादन सहकारी २७, वहुउदेश्यीय सहकारी ३, जडिवुटी सहकारी १८, दुग्ध उत्पादन सहकारी १८, तरकारी सहकारी ९ लगाएत अन्य मौरिपालन, उपभोक्त, तरकारी, संचार रहेका छन् ।
डिभिजन सहकारी धनुषाका अनुसार सिन्धुलीमा अहिलेसम्ममा जिल्ला सहकारी संघ १, वचत तथा ऋण सहकारी संस्था १ सय ३८, कृषि सहकारी संस्था १ सय ७२, जुनार उत्पादन सहकारी ६१, वहुउदेश्यीय सहकारी ३३, उपभोक्ता सहकारी ३७, जडिवुटी सहकारी ३८, दुग्ध उत्पादन सहकारी ३७, साना किसान सहकारी १३, लघु उद्यम सहकारी १०, मौरीपालन सहकारी ६, तरकारी तथा फलफूल सहकारी १५, अदुवा सहकारी ४, पशुपालन सहकारी ५, संचार सहकारी ३, भुईकटहर प्रशोधन सहकारी ३, विधुत्त सहकारी ७, खानेपानी प्रशोधन सहकारी १, स्वास्थ्य सहकारी ३, कफि उत्पादन सहकारी १, पशुपंक्षि सहकारी १, वन सहकारी १, मत्स्यपालन सहकारी १, पर्यटन २ रहेका छन् । डिभिजन कार्यालयका अनुसार सिन्धुलीमा २ वटा सहकारी मर्ज भएका छन् ।
सिन्धुलीमा वचत तथा ऋण सहकारी संस्थाहरुको संख्या वढी भएपनि पछिल्लो समयमा वचत तथा ऋण सहकारी संस्था दर्ता हुन छाडेका छन् । सरकारले अनुदान दिने आशमा कृषि सहकारीहरु दर्ता हुने क्रम वढेको छ । कृषि सहकारीहरु दर्ता हुनेक्रम वढेसँगै कृषि सहकारीहरु नियम अनुसार चल्न भने सकेका छैनन् ।
नेपाल सरकारको अनुदान कुम्ल्याउनको लागि मात्रै कतिपय कृषि सहकारीहरु दर्ता भएर वसेका छन् । कृषि सहकारी भन्ने वित्तिकै कृषकहरुको हितका निम्ती काम गर्ने सहकारी वुझिन्छ तर, कृषकहरुले त्यो अनुभव गर्न पाएका छैनन् । किसानलाई सर्वसुलभ मूल्यमा वितरण गर्ने भन्दै कृषकहरुलाई अझ मारमा पार्ने गरेको पाईएको छ ।
काम गर्न नपाईने भएपनि सिन्धुली कृषि सहकारीहरुले कृषि भन्दा पनि वचत तथा ऋणको काम गर्दै आईरहेका छन् । वढेको दर्तासँगै कृषि सहकारीहरु सहकारीको ऐन तथा सिद्धान्त भित्र रहेर चलेका छन् की छैनन् त्यसको पनि सम्वन्धित निकायले अनुगमन गर्नु पर्ने आवश्यक रहेको सहकारीकर्मीहरु नै वताउदै आएका छन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *