नवकान्तिपुरको चुक्ता पूँजी ५ करोड


काठमाडौं, पुस २६ । नवकान्तिपुर बहुउदेश्यीय सहकारी सस्थाको चुक्ता पूँजी ५ करोड २५ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
संस्थाको १७ औं वार्षिक साधारण सभाका अवसरमा चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा जिरो दशमलव ९ प्रतिशतले चुक्ता पुँजीमा वृद्धि भई पाँच करोड पुगेको हो । सस्थाले आर्थिक वर्ष २०७०/०७१ मा खुद मुनाफाबाट ६० प्रतिशत जगेडा कोषमा राखी बाँकी रकमलाई १०० प्रतिशत मानी विभिन्न कोषमा व्यवस्था गरेको जनाएको छ ।

संस्थाले गत आर्थिक वर्षको तुलनामा यस वर्ष सोही अबधिमा २ दशमलव १९ प्रतिशतले वृद्धि गरि २ करोड १५ लाख २९ हजार ३ सय ९१ रुपैयाँ खुद नाफा गरेको जनाएको छ । संस्थाले अघिल्लो वर्षको तुलनामा २८ दशमलव ३९ प्रतिशतले वृद्धि भई ६ करोड ८४ लाख रुपैयाँ पुगेको सभामा जानकारी गराइएको छ ।

आव २०७०/७१को अन्त्यसम्ममा सस्थाको पुँजीकोष निक्षेप अनुपात ८ दशमलव १३ प्रतिशत रहेको छ । संस्थाको अधिल्लो वर्षको तुलनामा १३ दशमलव ५३ प्रतिशत अर्थात १७ करोड ३२ लाख रुपैयाँले वृद्धि भएको छ । कर्जा लगानीमा अधिल्लो वर्षको तुलनामा १२ दशमलव ४५ प्रतिशत बृद्धि भई ९२ करोड ८० लाख पु¥याएको छ । अधिल्लो आवमा ८२ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने