सहकारी संस्था एकीकरणमा जोड दिइने


सिमरा, पुस २६ । नेपाल राष्टञ बैंकबाट “घ” वर्गको बैंकको रुपमा स्वीकृति प्राप्त समता माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड, सिमरा, बाराको प्रथम वार्षिक साधारणसभा चित्तवनको सौराहामा सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उदघाटन बैंकका अध्यक्ष डम्मरमणि थेवे लिम्वुले गर्नु भएको थियो ।

आ. व. २०७०/०७१ मा सञ्चालनमा आएको बैंकले पहिलो वर्ष करीव २,२०० सदस्यहरुवीच चार करोड त्रिसठी लाखको कारोवार गरेको छ । चालु आर्थिक वर्षमा बैंकले छ हजार सदस्यहरुवीच १२ करोडको कारोवार पु¥याउने लक्ष्य लिएको प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले बताउनुभयो । संस्थामा हाल ३० संस्थापकहरुको चुक्ता पूंजी एक करोड दश लाख रुपैया रहेको छ । हाल बैंकमा लगानीमा रहेको रकम पांच करोड रुपैया र सदस्यहरुको निक्षेप एक करोड रुपैया रहेको छ ।

कृषि क्षेत्रमा काम गर्नका लागि नेपाल राष्टञ बैंकले स्वीकृति प्रदान गरेको बैंकको कार्यक्षेत्र बारा जिल्लामा मात्रै रहेको छ । ग्रामिण समुदायका सीमान्तीकृत कृषक समुदायवीच उनीहरुको आयवृद्धिमार्फत जीवनस्तरमा परिवर्तन ल्याउन बैंक प्रतिवद्धतासहित क्रियाशिल छ । खेतीलाई निर्वाहमुखीबाट माथि उठाउने र व्यवसायिक बनाउने उद्धेश्यले बैंकले विभिन्न शिर्षकमा बिनाधितो समूह जमानीमा लगानी गरिरहेको छ ।

वार्षिक साधारणसभाले नियमित प्रतिवेदनहरुलाई छलफलसहित अनुमोदन गर्दै यस वर्ष संस्थापकहरुलाई अग्राधिकार शेयर जारी गरी दोव्वर बनाउने र कार्यक्षेत्र दश जिल्लामा विस्तारका लागि पहल गर्ने निर्णय गरेको संस्थापक कृष्ण पौडेलले बताउनुभयो । वार्षिक साधारणसभाले अहिलेको वित्तिय बजार र प्रतिस्पर्धा आदिलाई मध्यनजर गर्दै उद्धेश्य र कार्यक्षेत्र मिल्ने वित्तिय संस्थाहरुसंग एकीकरणको सम्भावना खोजी गरी छलफल अघि बढाउनेसमेत निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु