सूचना चौतारी सहकारीको दोस्रो साधारणसभा सम्पन्न
सहकारीका रकम परिचालन गर्न नीति अबलम्बनमा जोड


काठमाडौं पुस २६ । राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीबाट संकलित रकमलाई ठूला प्रोजेक्टमार्फत परिचालन गर्ने नीति अबलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ ।

सूचना चौतारी सञ्चार सहकारी संस्थाको दोस्रो साधारणसभाका अवसरमा बोल्दै बास्कोटाले सहकारीमार्फत दुर्तगतिमा देशको विकास गर्न सकिने बताउनुभयो । देशले स्वदेशी पूँजीभन्दा विदेशी पूँजी भित्रउन लागिपरेको भन्दै बास्कोटाले भन्नुभयो–‘सहकारीमार्फत रचनात्मक विकास गर्न सकिन्छ तर त्यसको लागि नीति अबलम्बन गर्न आवश्यक छ’ उहाँले भन्नुभयो । नेपालमै अर्बौै रकम जम्मा हुन सक्ने भन्दै त्यसको परिचालनमा जोड दिन सके विदेशी पूँजीमा निर्भर रहनुनपर्ने बास्कोटाले बताउनुभयो ।

IMG_2721

३० औं हजार सहकारीको स्रोत, जनशक्ती र पूँजीलाई परिचालन गर्न सके देशको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण हिस्ता ओगट्न सक्ने बताउनुभयो ।
सहकारीका मूल्य मान्यता अपरहरण हुन सक्ने खतरा औंल्याउँदै बास्कोटाले भन्नुभयो–सहकारीलाई राजनीतिकरण गरेर मूल्य मान्यता हडप्न खोज्नेप्रति आफू सजग रहेको रहनुपर्छ’ उहाँले भन्नुभयो ।
सहकारी ऐनका तीन वटा मस्यौदा पाइप लाइनमा रहेकाले अबको ऐन कस्तो आउने भन्ने चिन्ता बढेको बताउनुभयो । सहकारी ऐन २०४६ मर्मविपरित ऐन आए आफूहरुलाई मान्य नहुने उहाँको भनाई थियो ।

IMG_0689
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चार माध्यम सञ्चाल गर्ने सहकारीले सदस्यको हित भन्दा सर्वसाधारणको हितमा जोड दिनुपर्ने बताउनुभयो । सहकारीले रेडियो तथा अनलाइन सफलपूर्वक सञ्चालन गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । सहकारीले ग्रामीण भेगमा रचनात्मक काम गरेको र मिडियाले सहकारीका सकारात्मक कदमलाई प्रकाशन, प्रशारण गर्न कन्जुस्याई गर्न नहुने बताउनुभयो ।
पत्रकार हरिहर बिरहीले सहकारीका विकृति, विसंगति अन्त्य मिडिया सक्रिय हुनुपर्ने बताउनुभयो । सहकारीले आफ्ना मूल्य मान्यता आत्मासात गर्दै सबल अर्थतन्त्रको रुपमा स्थापिन हुन धेरै समय लाग्ने बताउनुभयो ।
कलाकर लक्ष्मी गिरीले महिलामा आत्मअनुशान हुने भन्दै महिलाले सञ्चालन गरेका सहकारीमा कुनै समस्या नदेखिएको बताउनुभयो । महिला इमान्दारी हुने भएकाले सबल पूर्वक संस्था सञ्चालनका लागि महिलालाई प्रयाप्त अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।
महिला उद्यमी उपभोक्ता सहकारी संस्थाकी अध्यक्ष शान्ती गुरुङले सहकारीले आफ्ना कमीकमजोरी सञ्चाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महिलाले सञ्चालन गरेका सहकारी ३१ सय बढी भएकाले आफूहरुले छुट्टै संघको माग गर्दै आएको बताउनुभयो ।

IMG_0731
सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले सहकारीको विकृति, विसंगती अन्त्य गर्नका लागि सूचना केन्द्र व्यवस्थापन गरिने बताउनुभयो । सूचना चौतारीले सूचना केन्द्र सञ्चालनको तयारी गरिरहेको जानकारी दिदैं शर्माले भन्नुभयो–‘सूचना केन्द्र स्थापनापश्चात सहकारीको विकृति न्यूनिकरण गर्न सहयोग पुग्ने छ ।’

संस्थाको वार्षिक उत्सवको अवसरमा कुर्सी खाली छ’ नाटकसमेत मञ्चन गरिएको थियो ।

IMG_0743


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने