‘आर्थिक विकासका बाधाहरु तत्काल हटाउ’


काठमाडौं, पुस २६ । आर्थिक क्षेत्रको विकासका लागि तत्कालै कानूनि बाधाहरु हटाएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको प्रवद्र्धनमा शनिबार काठमाडौंमा भएको ‘आर्थिक संवृद्धि ः राष्ट्रिय बहस’ कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकार अर्थ सचिव सुमन प्रसाद शर्माले सार्वजनिक खरिद ऐन लगायतका कैयौं ऐनहरुमा समयसापेक्ष संशोधनको जरुरी रहेको औंल्याउँदै यसका लागि सम्वन्धित मन्त्रालयमा छलफल भइरहेको बताए । वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटी र अन्य ऐन नियमहरु संशोधन गरेर लगानीको थप सहज बाटो बनाउन सरकार तयार रहेको भन्दै उनले केही राजनीतिक गतिरोधका कारण यसमा ढिलाई भएको बताए । उनले सरकार नीजि षेत्रप्रति उादार भएर अघि बढ्न चाहेको पनि बताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरिब जनतालाई सम्पत्ति सिर्जना गराउने तर्फ वातावरण बनाउनु जरुरी रहेको औंल्याए । मुलुकको राजनीतिक जञ्जालले ग्रामीण भेगका जनताको जीवनस्तर उकास्न नसकिएको टिप्पणी गर्दै उनले मुलुकमा स्थायी सरकारको आवश्यकता औंल्याए । कोइरालाले भने ‘दह्रो खुट्टा टेकेर कम्तीमा ५ वर्ष दौड्न सक्ने सरकार आवश्यक छ ।’ नेपालले सम्भावित क्षेत्रको विकासबाहेक अन्य ठूला उद्योगमा हात हाल्नु अहिले आवश्यक नरहेको उनले बताए ।

त्यस्तै कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवि नेपालले निजी क्षेत्रले नै अर्थतन्त्र डोहो¥याउने भन्दै पुर्वाधारको विकासका लागि वर्तमान सरकार अत्यन्तै खुला रुपले अघि बढेको तर्क गरे । बैंकहरुमा तरलता बढ्नु अर्थतन्त्रका लागि राम्रो नहुने भन्दै डा. नेपालले सरकारी पुँजीगत खर्च अभावले पनि त्यसलाई प्रभाव पारेको बताए । सहकारी निजी क्षेत्रभित्रकै अंग भएकाले तीन खम्बे अर्थनीति भनेर सरकारले निजी क्षेत्रलाई अल्मल्याउने गरी परिभाषित गर्न नहुनेमा उनले जोड दिए । सरकारले बोलाएर वैदेशिक लगानीकर्ता नेपाल आउने नभई यहाँका निजी क्षेत्रको अवस्था बुझेर मात्र वैदेशिक लगानीकर्ताहरु आकर्षित हुने उनको भनाई छ । विभिन्न देशका प्रभावकारी लगानीकर्ताहरुले लगानीका लागि हदै प्रतिबद्धता देखाएकोप्रति गर्व गर्दै नेपालले थपे ‘सरकारले खुल्ला अर्थनीति लिएको अवस्था छ, त्यसैले राजश्व लगायत लगानीप्रतिको प्रतिबद्धतामा यसको लक्षण देखिएको हो ।’ पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले संसारभरका लगानीकर्ताहरुको गन्तव्य नेपाल बन्दै गएको टिप्पणी गरे ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले निजी क्षेत्र लगानीका लागि खुल्ला भएर अघि बढेकाले कुल पुँजीमा ७२ प्रतिशत योगदान निजी क्षेत्रले पु¥याएको उल्लेख गरे । दैनिक १ सय ७५ करोड नेपालको व्यापार घाटा रहेको भन्दै उनले व्यापार घाटा अन्त्य गर्नका लागि उद्योग वाणिज्य महासंघ साहस बोकेर अघि बढेको बताए । मुलुकको सुवर्ण अर्थतन्त्रको खाका नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको भन्दै अध्यक्ष पाण्डेले राजनीतिक अन्यौलता अन्त्य गर्न दलहरुलाई सुझाए ।

उनले २०२२ सम्म नेपाललाई विकासशिल राष्ट्र बनाउनका लागि उद्योग वाणिज्य महासंघ प्रतिबद्ध रहेको दोहो¥याए । हाइड्रो र पर्यटनका क्षेत्रमा नेपालले अवको केही वर्षमै ठूलो फड्को मार्ने उल्लेख गर्दै पाण्डेले भने ‘हाइड्रोको क्षेत्रमा नेपालले आगामी २ वर्षमै १३ सय मेगावाट विद्युत उत्पादन गर्दैछ, जबकि विगत ६० वर्षसम्म जम्मा ७६० मेगावाट मात्र विद्युत उत्पादन भयो, के यो आर्थिक प्रगति होइन ?’ पछिल्लो पटक निजी क्षेत्रलाई सरकारी बजेटले प्रति मेगावाट विद्युतका लागि ५० लाख रुपैयाँ बिनियोजन गर्नु पनि महत्वपूर्ण कदम रहेको पाण्डेले बताए । निजी क्षेत्रको बलमा पर्यटनको विकासका लागि काठमाडौंमा मात्रै ४÷५ वटा तारे होटलहरु बन्ने क्रममा रहेको बताउँदै पाण्डेले राजधानीमा मात्रै नभएर प्रत्येक जिल्लामा पर्यटनको पहुँच पु¥याउनु वर्तमानमा टड्कारो आवश्यकता रहेको औंल्याए । अध्यक्ष पाण्डेले केही वर्षमै नेपाल सिमेन्टमा आत्म निर्भर बन्ने भन्दै कृषि क्षेत्रमा अझै अलमल देखिएको उल्लेख गरे । कृषकले उत्पादनका लागि लगानी गर्न नसक्ने र सरकारले पनि सिँचाई, मल, बिउँबिजनजस्ता आवश्यक पहुँच पु¥याउन नसकेकाले कृषि क्षेत्रको विकास हुन नसकेको उनको भनाई छ । सरकार र निजी क्षेत्रले अनुसन्धान गरेर कृषिमा अघि बढ्नका लागि महासंघ तयारीमा जुटेको उनले बताए ।

त्यस्तै ‘आर्थिक समृद्धि ः राष्ट्रिय बहस’ का परिकल्पनाकार तथा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले देशमा भएका परिवर्तनले आर्थिक र विकासका एजेण्डा बोक्न नसकेको भन्दै त्यसका लागि जागरण ल्याउन ‘आर्थिक समृद्धि ः राष्ट्रिय बहस’ थालनी गरिएको बताए । पाँचदिने अभियानका रुपमा सम्पन्न भएको कार्यक्रमलार्य देशैभरी लैजाने घोषणा गरिएको छ । बहसमा उठेका आर्थिक सवाललाई सरकारी उच्च निकायसम्म पु¥याएर कार्यन्वयनका लागि पहल गर्ने आयोजकले जनाएको छ । सरकारले पछिल्लो पटक आर्थिक क्षेत्रका लागि गरेको प्रयास प्रशंसनीय रहेको भन्दै अर्थतन्त्रका हस्तीहरुले निजी क्षेत्र र सरकारको संयुक्त पहलबाट मुलुकले अर्थतन्त्रमा फड्को मार्ने उल्लेख गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन