सहकारीको व्ब्यावस्थापन गर्न सरकार सक्रिय–मन्त्री आचार्य


काठमाडौं, पुस २७ ।   कानून मन्त्री नरहरी आचार्यले सहकारी क्षेत्रको ब्यवस्थापन चुनौती रहेको र त्यसतर्फ सरकार सक्रिय भएर लागेको बताउनुभयो ।
राजधानीको बसुन्धरास्थित क्याराभान बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभाको उद्घाटन गर्दै कानूनमन्त्री आचार्यले सहकारीको संख्या दिनप्रतिदिन बढ्दै गएको कारण ब्यवस्थापनमा समस्या भएको र त्यसतर्फ सरकार गभ्भीर भएको बताउनुभयो । ‘केही खराब व्यक्तिहरुका कारण सहकारी क्षेत्रकै बदनाम भइरहेको छ,’ मन्त्री आचार्यले भन्नुभयो । ‘सहकारी क्षेत्रकै बदनाम हुने क्रियाकालाप तर्फ सवैजना सचेत हुनुपर्दछ ।’
कार्यक्रममा पूर्व सभासद ऋषिबाबु परियारले सहकार्यविना कुनै काम सम्पन्न नहुने भएकाले सहकारीकर्मीहरुबीच सहकार्यको खाँचो बताउनुभयो । संस्थाको प्रगतिका लागि पनि सदस्यहरुबीच सुमधुर सम्बन्धको खाँचो रहने उहाँको भनाई थियो
कार्यक्रममा सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रकुमार दाहाल, आइएमई बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख अर्जुन शर्मा पौडेल, काठमाडौं वडा नं। ३ का पूर्व वडाध्यक्ष दीपक केसी लगायतले सहकारीको समस्या सहकारीकर्मीहरुको नियतले मात्रै समस्या हुने बताए ।
दुई करोड ९६ लाख ९९ हजार ८० रुपैयाँ निक्षेप दुई सय ९८ जना सेयर सदस्य नौ सय ९५ जना बचतकर्ता रहेको सो सहकारीमा दुई करोड ९६ लाख ९९ हजार ८० रुपैयाँ निक्षेप संकलन रहेको छ ।
आर्थिक वर्ष २०७०र०७१ मा ६४ लाख ५६ हजार रुपैंयाको सेयर पुँजी रहेको संस्थाले जनाएको छ । चालु आर्थिक वर्षभित्रमा सो रकम क्रमशः ८० लाख र ४ करोड पुर्‍याउने लक्ष्य रहेको सो संस्थाले जनाएको छ ।
कार्यक्रममा सहकारीका सदस्यहरुका छोराछोरीमध्ये एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सुदीप पौडेल र समृद्धि घिमिरेलाई नगद पुरस्कारसहित क्याराभान शैक्षिक सम्मान प्रदान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने