समग्र सहकारीको सातौं साधारणसभा सम्पन्न


काठमाडौं, पुस २७ । समग्र कृषि बहुउद्देश्यीय सहकारी संस्थाकोको पाँचौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा संस्थाले ८५ लाख ४२ हजार रुपैयाँ पुगेको जानकारी दिएको थियो ।
उक्त साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै संस्थाकी अध्यक्ष कविता पण्डितले यस अवधिमा एक करोड निक्षेप संकलन भएको बताउनुभयो । बाख्रापालनका लागि संस्थाले कर्जा लगानी गरेको भन्दै उनले स्वरोजगार कोषबाट ३५ लाख रुपैयाँ १२ प्रतिशतमा कर्जा लिएको जानकारी दिनुभयो।
यस्तै उक्त संस्थामा सात सय ८० सदस्यहरु रहेका छन् । यस्तै, सूचना चौतारी सहकारी संस्थाको पनि दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा राष्ट्रिय सहकारी संघका पूर्व–अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सहकारीबाट संकलित रकमलाई ठूला प्रोजेक्टमार्फत परिचालन गर्ने नीति सरकारले अवलम्बन गर्न जरुरी रहेको बताउनुभयो ।
देशले स्वदेशी पुँजीभन्दा विदेशी पुँजी भित्र्याउन लागिपरेको भन्दै बाँस्कोटाले सहकारीमार्फत रचनात्मक विकास गर्न सकिने र त्यसको लागि नीति अवलम्बन गर्न आवश्यकमाथि जोड दिए । यस्तै टिकेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाको पनि सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा संस्थाले सेयर पुँजी १३ लाख रुपैयाँ पु¥याएको भन्दै आर्थिक वर्ष २०७०÷०७१ मा संस्थाको कुल निक्षेप संकलन एक करोड ३० लाख ८६ हजार रुपैयाँ पुगेको जनाएको छ । यस्तै सोही अवधिमा संस्थाको कुल कर्जा लगानी एक करोड २२ लाख रुपैयाँ पुगेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन