वीरगञ्ज, पुस २७ । गुराँस बचत तथा ऋण सहकारी संस्थाको पाचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीमार्फत रचनात्मक काम गर्न सकिने बताएका थिए ।
सस्थाका अध्यक्ष हरेन्द्र पटेलको अध्यक्षतामामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका निमित्त प्रमुख अरुण कुमार बस्नेतले सहकारीमार्फत रचनात्मक काम गर्न सकिने बताउनुभएको थियो । डिभिजन प्रमुख बस्नेतले साधारणसभामा सदस्यहरुले संस्थाको सम्पुर्ण गतिविधि जान्ने महत्वपुर्ण पर्व भएको बताउनुभयो ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पन्डित, लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल, भवती बचत तथा ऋण सहकारी सस्थाका प्रतिनिधी रामनिवास देहाती लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा उत्कृष्कट र्मचारीहरु सुमित्रा कुमारी पाण्डे, किसमति देबी, राजेश साह, सुजिल हजरा, सानोमाया शखदेल सम्मानित भएका थिए ।
संस्थामा २ हजार २ सय २५ जना सदस्य रहेको छ । गत आ।व।मा संस्थाले २ लाख ११ हजार नाफा कमाएको थियो । संस्थामा हाल ८१ लाख १ हजारको बार्षिक कारोबार रहेको छ ।

सहकारीमार्फत रचनात्मक काम गर्न सकिने
by
Tags:
Leave a Reply