माता म्हेपी सहकारी शिघ्र स्वास्थ्य लाभको कामना गर्न जाने


काठमाडौं, पुस २८ । संस्थामा आवद्ध कोही सदस्य असमान्य अवस्थाको विरामी भई ओछयान परेको अवस्थामा विरामी सदस्य रहेको घर तथा अस्पतालमा संस्थाको तर्फवाट भेटन गइ शिघ्र स्वास्थ्य लाभको कामना गर्ने कुराको थालनी माता म्हेपी बचत तथा ऋण सहकारी संस्थाले आफनो पाँचौ साधारण सभामा संस्थाका सचिव विनयकुमार राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन मार्फत जानकारी दिएको छ ।
सोही सभामा सदस्यहरुलाई उद्योग , व्यापार तथा कृषि व्यवसाय गर्न गराउन सहकारी संस्था संग पुँजीको अभाव भएमा राष्ट्रिय सहकारी बैकले संस्थालाई वित्तीय सहयोग गर्न तयार छ भनी माता म्हेपी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारण सभामा प्रमुख अतिथिको रुपमा आमन्त्रित राष्ट्रिय सहकारी बैकका प्रवन्ध सञ्चालक के बि उप्रेतीले भनाई राख्नु भएको हो । बर्तमान अवस्थामा बैकसंग देशका ७५ जिल्ला कै सहकारी संघ संस्था आवद्ध भइसकेका छन भने शेयर चुक्ता पूँजी ६१ करोड , कारोवार १० अरब पुगेको ७५०० भन्दा सहकारी संस्थाहरुलाई सदस्यता दिइसकेको , हाम्रा शाखाहरु ३१ विभिन्न स्थानमा खोलि सकिएका छन भने प्रतिफलको रुपमा यसपाली सामान्यतम बैक फाइनान्सले निक्षेपमा दिने भन्दा बढी १३ प्रतिशत बैकले लाभांस दिएको समेत कुरा उप्रेतीले राख्नु भएको थियो । संस्थाका अध्यक्ष कृष्णनारायण श्रेष्ठको सभापतित्वमा बसकोे सो सभामा क्ष्ऋब् (अन्तराष्ट्रिय ऋण महासंघ) युथ कमिटीका नेपाल प्रतिनिधि सदस्य इन्दिरा पन्तले केही सहकारीमा भएको आर्थिक अनियमितता कारण झण्डै ११ अरब रकम जोखिममा परेको र त्यसको मानसिक तनाबले गर्दा ४० जनाले भन्दा बढी असमयमै ज्यान गुमाउनु परेको तितो सत्यलाई राख्दै देशमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा भन्दा गुणात्मकरुपमा आवश्यकता छ भनेर आफुले बुझेको भन्दै अब देशमा सहकारी मर्जरको कुराले विस्तारै गति लिएको महसुस हुन थालेको भन्दै सहकारी संस्थामा आवद्ध सदस्यहरुले सहकारी साक्षरतामा विशेष जोड दिनु भयो । यसै अन्तर्गत देशका केही सम्वृद्ध सहकारी संस्थाहरुलाई एक ठाउँ भेला गराइ युवाहरुलाई वित्तीय साक्षरता सम्वन्धी कार्यशाला आफनो पहलमा हुन लागेको जानकारी राखिदिनु भयो ।सभाको अध्यक्षता गरिरहनु भएका अध्यक्ष कृष्ण नारायण श्रेष्ठले आफनो मन्तव्य दिने क्रममा समुदाय सिद्धान्तमा आधारित यस संस्थाले सामुहिक नेतृत्वलाई विशेष जोड दिदै व्यक्तित्व बिकास गर्न सवैलाई उतिकै अवसर प्रदान गर्ने लक्ष्य रहेको भन्दै अधिकांस सहकारी संस्थामा अध्यक्ष नै कार्यकारी प्रमुखको रुपमा बस्ने अनि संस्थाको साधारण सभामा अध्यक्ष वाहेक सवै छायाँमा पार्ने परिपाटीको विरोध स्वरुप सचिब र कोषाध्यक्षको छुट्टाछुट्टै प्रतिवेदन पेश गर्न परिपाटीलाई सधै निरन्तरता दिइने कुरा जनाउदै सहकारी संस्था भित्र मनपरि कार्र्य हुनुमा सदस्यको पनि उत्तीकै जिम्मेवार रहेको हुन्छ भन्ने कुरामा जोड दिंदै सहकारी ऐन नियमले सहकारी संस्था भित्र हुने आर्थिक कारोबारका हिसाव किताबमा कसैको व्यक्तिगत खाता बाहेक सवै हेर्नपाउने अधिकारको उपयोग नगरेकोले नै सहकारी भित्र आर्थिक अपराध बढेको हो र यसको दोषी सदस्य आफै पनि हो भनेर ठोकुवा गर्नु भयो । उसले गरि हाल्छ भनेर छोडने र साथीभाइमा किन दुश्मनी लिने कमजोर मानिसिकताको कारण सहकारी क्षेत्र बदनाम भइरहेकोले सदस्यहरुलाई सहकारी साक्षरताको आवश्यकता भएको स्पष्ट पार्नु भयो । कोषाध्यक्ष रमा रेग्मीले सभा पेश गरेको आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन अनुसार संस्थामा रु ४,६२,४८,५७१ रकम निक्षेप प्राप्त भएको सोमा ३,४१,१५,९७४ रकम लगानी भएको भन्दै शेयर पूँजी ३० लाख पुग्न लागेको र भर्खर ५ बर्ष मात्र पुग्न लागेको यो संस्थाले देशको आन्तरिक राजस्वमा आयकर बापत २ लाख १३ हजार समेत योग दिन सफल भएको जानकारी दिदै शेयर सदस्यता बृद्धिको लागि विशेष कार्यक्रम संचालन हुनलागेको जानकारी दिदै संस्थाले बृद्धबृद्धाको सेवामा विशेष भूमिका निभाएको उल्लेख गर्नु भयो । लेखा समितिका संयोजक लेखा विद सागर सिद्धि तुलाधरलाई संस्थाको हरेक आर्थिक गतिविधि लेखा समितिको नजरमा रही सम्पूर्ण कारोबार पारदर्शी रहेकोमा लेखा समिति पूर्णतया आश्वस्त रहेको सभामा स्पष्ट पार्नु भयो । सभामा दिगुख्य बचत तथा ऋण सहकारी संस्थाका सचिब लक्ष्मीरत्न तुलाधर र थिटा बचत तथा ऋण सहकारी संस्थाको तर्फवाट अध्यक्ष दमन बहादुर सिहले आफनो भनाई राख्नु भएको थियो । सभामा साधारण शेयर सदस्यको तर्फवाट श्याम शंकर जोशीले शुभकामना मन्तव्यका साथै आफना भनाइ राख्नु भएको थियो । सोही सभामा प्रमुख अतिथि उपेती , महिला अतिथि इन्दिरा पन्त लगायत संस्थामा कारोवार गर्ने विभिन्न उत्कृष्ट सदस्यहरुलाई शान्ति दुतको रहनुभएको बुद्धको प्रतिमा उपहार अध्यक्षको हातवाट प्रदान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साकोसहरुबीच नविनतम सिकाइ आदानप्रदान
आधारशिला कार्यक्रम सम्झौता
सहकारीको सन्दर्भ ब्‍याजदर कार्यान्वयन प्रभावकारिताको सघन अनुगमन
कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्‍न