नेपाल डेरी एसोसिएसनको १६ औँ वार्षिक साधारण सभा

नेपाल डेरी एसोसिएसनको १६ औँ वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन दाङ्गमा सम्पन्न भएको छ । महाधिवेशनलले तिन वर्षिय कार्यकालका लागी सुमित केडियाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा प्रथम उपाध्यक्षमा राधाकृष्ण सापकोटा, दितिय उपाध्यक्षमा, सुरेश ब. श्रेष्ठ, तृतिय उपाध्यक्षमा राजन दाहाल, चौथो उपाध्यक्षमा सन्तोष दाहाल, महासचिवमा प्रल्हाद दाहाल सचिवमा हिरा ब. खत्री कोषाध्यक्षमा हंकलपीत न्यौपाने ,सह कोषाध्यक्षमा रेशम बहादुर खड्का ,सदस्यमा ज्ञानेन्द्र प्रसाद बजगाई, विजय चौरसिया, भुपेन्द्र थापा , राघो प्रसाद सिंह, सुरेश ध्वजु , कर्ण बहादुर हमाल, रामकृष्ण पौडेल सर्व सहमतिले निर्वाचित भएको कुरा प्रमुख निर्वाचन अधिकृत सुर्यलाल भण्डारीले बताएका छन् । निवर्तमान अध्यक्ष मेघराज भण्डारी पदेन सदस्य रहनेछन् ।

राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा गोरखा एफ एम काकृर्षी पत्रकार गोविन्द गिरीलाई कृर्षी क्षेत्र र दुग्ध उद्योगको प्रवद्र्धन र प्रचार प्रसारमा महत्वपूर्ण योगदान गरेकोमा सम्मान गरीएको थियो ।नवनिर्वाचित अध्यक्ष सुमित केडियाले पूर्व देखि सुदुर पश्चिम सम्मका दुग्ध क्षेत्रमा लागेका सबै व्यवसायीलार्ई समेटेर अगाडी बढ्ने र दुग्ध उद्योग लाई आधुनिककरण गर्दै समय सापेक्ष यसको विकास गर्ने बताए ।

देश भरिबाट आएका डेरी उद्योगका प्रतिनिधी तथा परिवेक्षकहरुले पन्चेबाजा र झाकी सहित घोराई नगर पालिका परिक्रमण गरेका थिए । कार्यक्रममा डेरी उद्योग विज्ञ अजवलाल यादव, लिलानाथ शर्मा, रेशम पन्थी लगाएतले शम्बोधन गरेका थिए ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *