सहकारीले उर्जामा लगानी गर्ने


काठमाडौं, पुस २८  । सामुदायिक बहुउद्देश्यीय संस्था रुपेन्देहीले उर्जामा लगानी गर्ने भएको छ ।
संस्थाले १७ औं वार्षिक साधारण सभाका अवसरमा सहकारीले उर्जामा लगानी गर्ने जनाएको हो ।
सस्थाका अध्यक्ष होमबहादुर गलामीले सस्थाको प्रगति पर्तिबेदन तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै संस्था ३६५ दिन नै संचालन गर्ने एक करोड २५ लाख को लगानी कोष को स्थापना गरि जलबिधुतमा लगानी गर्ने लगाएत कार्यक्रमहरु पेस गर्नु भएको थियो ।
सस्थामा ९ सय ८३ शेयर सदस्य रहेका छन् । साधारण सभाले खेम प्रसाद लुइँटेलको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा हिरामाया थापा, सचिबमा ऋषिराम पाण्डे , कोषाध्यक्षमा अम्बर आचार्य सहितको ११ सदस्य संचालक समिति तथा टिकाराम भट्टराई संयोजक सहित सन्त बशिस्ट र बिनोद रिजाल सदस्य रहेको लेखा समिति निबिर्रोध निर्बाचित हुनुभएको छ ।
साधारण सभामा जेस्ठ सदस्यहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी तुलाचनले सहकारीले अब कृषि तथा उर्जा क्षेत्रमा लगानी गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रम सस्थाका सस्थापक अध्यक्ष डा इशोर गौतम लगाएत अतिथिहरुले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो। साधारणा सभा सस्थाका उपाध्यक्ष हिरामाया थापाको स्वागत तथा सचिब जीवन सिंह कुँवर को संचालनमा सम्पन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने