सहकारीले योग्य व्यक्ति निर्माणमा जोड दिनुपर्ने


 भक्तपुर, पुस २८ । सभासद तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले सहकारीले योग्य व्यक्ति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आस्था बचत तथा ऋण सहकारी संस्था लिको सातौं वार्षिक साधारणसभाको अवसरमा बोल्दै सहकारीले दक्ष व्यक्ति निर्माण गर्न सके सहकारीबाट आर्थिक आर्थिक संमृद्वि हाशिल गर्न सकिने बताउनुभयो । उहाँले कामदार जनताको समस्या समाजबादमा मात्र पूरा हुने भएपनि यसै व्यवस्थामा पनि सहकारी संस्थामार्फत सहकारी संस्कारको अभ्यास गर्न सकिने बताउनुभयो ।

संस्थाका अध्यक्ष जीवन सुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ, भक्तपुरका सञ्चालक सदस्य चण्डिका छुकाँ र डिभिजन सहकारी कार्यालय, भक्तपुरका प्रतिनिधि ज्ञानहरि पौडेलले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो भने संस्थाका प्रेमलाल जाकिबंजार, राजु अवाल र रुकेश त्वायनागाययतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

साधारणसभाबाट सहसचिव दीपा लोहलाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद सुवालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य रामप्रसाद सुवालद्वारा प्रस्तुत लेखा सुवरिवेक्षण प्रतिवेदन लगायत विभिन्न प्रस्ताबहरु पारित गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध