सहकारीको माध्यमबाट यस्ता समस्याहरुलाई हल गर्न सकिन्छ


गोविन्द काफ्ले
संयोजक–नेशनल कोअपरेटर्स एलाईन्स क्षेत्र नम्बर ३
१ तपाई किन र कसरी प्रवेश गर्नुभयो सहकारी क्षेत्रमा ?
सुरुमा सहकारीका आधारभुत कुराहरु थाह नहुँदा नै सहकारीमा प्रवेश गरीयो । पछि काम गर्दे जाने क्रममा सहकारीका सिद्धान्त र सामाजिक, आर्थिक रुपन्तरणको लागी सहकारी कति आवश्यक छ भन्ने कुरा बुझियो । संस्था जुन हिसाबमा स्वायत्त हुनुपर्ने हो । खासमा यस क्षेत्रमा लामो समय विताइरहँदा हाम्रो जस्तो अति कम विकसित राष्ट्रको लागी सहकारी अभियान अति नै आवश्यक छ भन्ने महसुस भयो र साथसाथै आफुपनि मध्यम वर्गिय परिवारको नै भएकोले स्वयं आफैंले यस वर्गका मानिसहरुका आर्थिक कठिनाईहरुलाई महसुस गरी सहकारीको माध्यमबाट यस्ता समस्याहरुलाई हल गर्न सकिन्छ भनेर यस क्षेत्रमा प्रवेश गरीयो ।
२ वर्तमान अवस्थामा सहकारी अभियान कुन बाटोतिर अग्रसर छ ?
सहकारी क्षेत्रमा लामो समय व्यतित गरियो । यस बीचमा सहकारीमा विविध प्रवित्तीहरु देखा परे । गाउँगाउँ ,टोलटोलमा सहकारीहरु स्थापना भए । हाल सम्म आएर पैंतालिस लाखभन्दा बढी व्यति प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहकारीमा संलग्न भएका छन् । यसलाई अभियानले नै उत्प्रेरित गरेको हो तर जुन किसिमका स्वच्छन्दताका परिकल्पना हामीले गरेका छौं त्यो हामीले पाउन सकेनौं । गुणात्मक वृद्धिभन्दा पनि संख्यात्मक वृद्धिले प्रशय पायो जस्तो लाग्छ । यसका लागि जुन किसिमको उपयुत्त ऐनको खाँचो थियो , जुन किसिमको अनुगमनको आवश्यकता थियो त्यो हामीले पाएनौं र सहकारी क्षेत्रमा केही विकृतीहरु देखा परे ।

३ तपाईको भनाईको अर्थ सहकारी ऐन २०४८ असान्र्दभिक भयो भन्न खोन्नुभएको हो ?
मेरो भनाईको मतलब त्यो होइन् । त्यही ऐनकै जगमा बसेर हामी यहाँसम्म आइपुगेका छौं । ९० प्रतिशत सहकारीहरु सफल भएकापनि छन् । तर १० प्रतिशत सहकारीमा देखिएका समस्याले गर्दा पुरा सहकारी क्षेत्र नै बदनाम भएको छ । तीनमा देखिएका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सोचिरहँदा ऐन संसोधन पनि एउटा विकल्प हो मात्र भन्न खोजेको हँ । फेरी परिवर्तन समयको पनि त माग हो नि त । समय सान्दर्भिक परिमार्जन हुनुपर्छ भन्ने मेरो भनाई हो ।
४  के छ भावी योजना , जिल्ला संघको नेतृत्वमा जान कत्तिको इच्छुक हुनुहुन्छ ?
भावी योजना त्यो केही छैन् , सहकारी अभियानमा नै लागिरहने सोचाई छ , नेतृत्व तहमा नजाने इच्छा नभएको पनि होइन् गत वर्षपनि जिल्ला वचत संघमा उठेको थिएँ झिनो मतले हारें । असफलता नै सफलताको सिढि हो भन्ने सोचेको छुु यस वर्ष पनि पक्कै उमेदवारी दिन्छु । साथीहरुले ममा क्षमता देख्नुभयो भने पक्कै जित्नेछु र सकेसम्म प्रारम्भीक संस्थामा प्रत्येक सदस्यलाई सदस्यता लिएपछि अभिमुखीकरण तालिम अनिवार्य गाराउनु पर्ने परिपाटीको विकास गराउँछु ।
५  अन्त्यमा यस सहकारी नेपाल मार्फत तपाई आम सहकारीकर्मीलाई केही भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त यस सहकारी नेपालले मलाई आफ्ना विचार राख्न दिएकामा आभार प्रकट गर्दछु । र सम्पूर्ण सहकारीकर्मी मित्रहरुलाई म यसै पोर्टल मार्फत नाफामुखी भन्दापनि सेवामुखी सहकारीको प्रवर्दनमा लाग्नुहुन अनुरोध गर्दछु । साथसाथै सरोकारवला निकायलाई सहकारी क्षेत्रमा देखिएका समस्यालाई छिटोभन्दा छिटो सल्ट्याउन आग्रह गर्दछु । प्रस्तुतीः माधव गौतम


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने