कफिको गुणस्तर कायम गरे विदेश निर्यात गर्न सकिने


काटमाडौं,  पुस २८ । – नेपालमा उत्पादित कफिको उत्पादनको मात्रा बढाइनुका साथै गुणस्तरमा एक रुपता आए यसले अन्तरराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने व्यवसायीहरुले बताएका छन् ।
राजधानीमा आज आयोजित कफि मूल्य शृंखला गोलमेच बैठकका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।कफिको गुणस्तर कायम गर्न कफिको नर्सरी तयार गर्दादेखि नै गुणस्तर कायम गर्नु पर्ने उनीहरुले बताए ।
गुणस्तरीय विरुवा लगाई उत्पादन गर्नेदेखि कफिको  प्राथमिक प्रशोधन ( पल्पिङ) सम्म गुणस्तर कायम गर्नमा सतर्कता अपनाइनु पर्ने नेपाल कफि व्यवसायी महासंघका पूर्व अध्यक्ष ढकेश्वर घिमिरेले बताउनुभयो ।  कफिको विउ नै गुणस्तरीय हुनुपर्नेमा उहाँको जोड थियो ।
त्यस्तै कफि निर्यात व्यवसायी  कृष्णप्रसाद घिमिरेले नेपालमा थोरै नै मात्रामा मात्र कफि उत्पादन हुने हुँंदा निर्यात खर्चिलो हुने बताउनुभयो । निर्यातका लागि तयार पारिएको कन्साइनमेन्ट (भारी) कम भए पनि खर्च भने पुरा भारीकै  लाग्ने हुनाले निर्यातमा बढी खर्च लाग्ने उहाँको धारणा थियो ।
सबै सहभागीहरुले नेपालको कफिको अन्तराष्ट्रिय बजार भने अति नै राम्रो रहेको बताए ।
कार्यक्रम व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता गर्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले मन्त्रालयले कृषि क्षेत्रका दुई महत्वपूर्ण कार्य खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धनलाई सँगसँंगै अघि बढाउने बताउनुभयो । कार्यक्रममा प्याक्टका आयोजना निर्देशक योगेन्द्रकुमार कार्कीले आयोजनाले सुरुदेखि नै कफि व्यवसाय प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
गोलमेच बैठकमा कफिका उत्पादक, प्रशोधनकर्ता, व्यापारी तथा कृषि क्षेत्रका नीति निर्माताको सहभागिता थियो । यसरी कुनै पनि कृषि उपजको मूल्य शृंखलामा आवद्ध सबै पक्षका सहभागीहरु एकै ठाउँंमा जम्मा भएर पहिलो पटक छलफल गरेको प्याक्टले जनाएको छ ।
प्याक्ट आयोजना नेपाल सरकारले विश्व बैंकको सहयोगमा सन् २००९ देखि ६ वर्षका लागि कार्यान्वयनमा ल्याएको हो । सुरुमा पूर्वाञ्चलबाहेक ४ विकास क्षेत्रका तराइका १५ र पहाडका १० गरी २५ जिल्लामा लागु गरिएको आयोजना सन् २०१२ मा विश्व बैंकले मध्यावधि मुल्यांकनमार्फत सहयोग रकम थप गर्ने निर्णय गरेपछि आयोजनाको कार्यक्षेत्र विस्तार गरी देशभर लागु गरिएको हो । त्यसैगरी आयोजनाको अवधि पनि बढाइ सन् २०१८ सम्म पु¥याइएको छ । आयोजनाले १० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ पूरक अनुदान सेवाग्राहीलाई उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
आयोजनाले राष्ट्रिय आयोजना निर्देशन समितिले तोकेका कृषि उपजहरुको मुल्यशृंखलामा आवद्ध कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ । १० हजार डलर बराबरको पूरक अनुदान सहयोग लघु अनुदानमा र बाँंकी दुई किसिमका अनुदान साना तथा मझौला अनुदानमा वर्गीकृत गरिएको छ ।

pact-1-harekpal


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक