जिल्ला सहकारी संघ म्याग्दीमा नयाँ नेतृत्व


म्याग्दी, पुस २९ । जिल्ला सहकारी संघ म्याग्दीको हालै सम्पन्न सातौ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । गलेश्वर शिवालय बहुउद्देश्यिय सहकारी संस्थाका संस्थापक अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको हो ।
संघको उपाध्यक्षमा अमृतकुमार श्रेष्ठ, सचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा जमुना आचार्य र सहसचिवमा अमृतप्रसाद पौडेल चयन हुनुभएको छ।
यसैगरी सदस्यहरुमा घनश्याम सापकोटा, तेजकुमारी पुन, शान्ति पौडेल, बेगप्रसाद गर्बुजा, अमृता भण्डारी, मनप्रसाद थजाली रहेका छन् ।
यसैगरी सुरेन्द्रराज शर्माको संयोजकत्वमा हरिकृष्ण गौतम र कृष्णबहादुर बानिया सदस्य रहनुभएको लेखा समिति गठन भएको छ । संघले सहकारी संस्थाहरुको संस्थागत विकासका लागि जोड दिने अध्यक्ष कार्कीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी