सहकारी व्यवस्थापन तालिम सम्पन्न


मकवानपुर, पुस २९ । डिभिजन सहकारी कार्यालय हेटौडाले सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
कार्यालयले ६ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको जनाएको छ । जिल्लामा संचालित महिला सहकारी संस्थाहरुको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम संचालन गरिएको डिभिजन सहकारी कार्यालय हेटौडाको प्रमुख भिम परियारले बताउनुभयो । तालिममा सहकारी व्यवस्थापनका विविध २२ वटा कक्षा संचालन गरिएको थियो ।
ग्रमिण भेगमा दर्ता भएका महिला सहकारी संस्थाहरु विशेष गरी कृषि, बचत र वहुउद्देश्यीय सहकारी संस्थालाई लक्षित गरी तालिम संचालन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको दुर्गम भेग मंथली, नामटार, छतिवन, भिमफेदी, आमभञ्ज्याङ, पदमपोखरी, वसामाडी र हेटौडा उपमाहानगरमा संचालित सहकारी संस्थाका संचालक तथा व्यवस्थापकहरु सहभागी थिए । २५ जनाको सहभागी रहेको तालिममा २ जना मात्र पुरुषको सहभागीता रहेको थियो । महिलाको मात्रै उच्च सहभागीता रहेको तालिम जिल्लामानै पहिलो पटक आयोजना गरिएको डिभिजन प्रमुख परियारले बताउनुभयो । महिला, दलित, जनजाति र लक्षित समुदायद्धारा संचालित सहकारी संस्थाका लागि आगामी दिनमा प्राथमिकताका साथ यस्ताखाले तालिम कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।
कार्यक्रम राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष वद्री लम्सालको प्रमुख आतिथ्या एवं डिभिजन सहकारी कार्यालय हेटौडाको प्रमुख भिम परियारको सभाध्यक्षतामा सम्पन्न भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक