प्रशिक्षण केन्द्रले तालिमको अध्ययन गर्ने


काठमाडौं माघ १ । सहकारी प्रशिक्षण केन्द्रले सहकारी क्षेत्रमा दिएको प्रशिक्षणको अध्ययन अनुसन्धान गर्ने भएको छ । सहकारी क्षेत्रमा संलग्न भई तालिम पाएका हजारौं जनशक्तिले तालिमबाट पाएको अनुभवलाई आफ्नो कार्यक्षेत्रमा लागू गरे नगरेको बुझ्नका निम्ति अनुसन्धान गर्ने जनाएको हो ।
हालसम्म थुप्रै सहकारीकर्मीलाई प्रशिक्षण दिईसकिएको तर,कार्यक्षेत्रमा लागू भए नभएको अध्ययन नभएकाले यस्तो सुरुवात गर्न लागिएको केन्द्रका प्राचार्य गणेश अर्यालले बताउनुभयो । यसका निम्ति सहकारी सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी,जिल्लाका विषयगत प्रशिक्षक,संजालका पदाधिकारी लगायत सदस्यहरुसँग परामर्श गरी अनुसन्धानको खाका तयार पारिने छ ।
‘तालिम पाएका हजारौंले तालिमको सदूपयोग गरेका छन् कि छैनन् ?’ गुणात्मक्तामा कति परिवर्तन आयो, अनुसन्धान भएको छैन ।’ आगामी श्रावण महिनाभित्र प्रशिक्षण पाएका जिल्लामा गई लक्षित समूह छनौट गर्ने,विधि,योग्यता सहभागिताको समग्र प्रक्रियालाई पूनरावलोकन गरि निर्देशिका तयार गर्ने उहाँको भनाई छ ।
‘तालिमको अध्ययन अनुसन्धान गर्ने विषयमा सहकारी तथा गरिवी निबारण मन्त्रालयसमेत सहमत भएको प्राचार्य अर्यालले जानकारी दिनुभयो । ‘मन्त्रालयबाट सहयोग हुने आश्वासन पाएका छौं’ उहाँले भन्नुभयो –साथै मन्त्रालयसँग केन्द्रको संंस्थागत संरचना परिवर्तन,जनशक्ति व्यावस्थापन,कार्यक्रम,कार्यक्षेत्र,केन्द्रिय भूमिका व्यावस्थापन सम्बन्धमा र मन्त्रालय अन्तर्गत केन्द्रिय तहबाट अपडेट हुनेगरि तालिम निर्देशनालय बनाउने छलफल भईरहेको छ ।’ जस् अन्तर्गत पाँच ओटा छुट्टै तालिम निर्देशनालय राख्नेगरी छलफल भईरहेको छ ।
साथै,सहकारी प्रशिक्षण केन्द्रलाई राष्ट्रिय सहकारी प्रतिष्ठानको रुपमा विकास गर्नेसमेत केन्द्रको योजना छ । जस्बाट केन्द्रलाई तालिम दिने मात्रै नभएर प्राज्ञिक निकाय अध्ययन अनुसन्धन गर्ने लिडीङ् अर्गनाईजेशनका रुपमा बुझ्न सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘सहकारी संस्था विकृती शुन्य भएर चलून् भन्ने हाम्रो उदेश्य हो’ अर्यालले भन्नुभयो–प्रशिक्षणपछि उस्को सहकारी जीवनमा आएको परिवर्तन अनि कार्यक्षेत्र व्यापक बनाएको नबनाएको अनुसन्धान गर्नु हो ।’
केन्द्रले सहकारी व्यावस्थपन,लेखा पालन,पल्र्स, मोनिटरिङ् सिस्टम,लगानी प्रवद्धन,बेरोजगारलाई रोजगार,संस्थागत सुशासन, बजारीकरण,उद्यमशिलता,व्यावसायिकता,नेतृत्व विकाश लगायत दश किसिमका तालिमहरु दिदैं आएको छ । यस्का निम्ति देशभरबाट केन्द्रिय सहकारी प्रशिक्षण केन्द्र अन्तर्गत पाँच ओटा क्षेत्रिय स्तरका सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय संचालनमा छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न