सहकारीको सूक्ष्म जीवाणु उत्पादन उद्योग फस्टाउँदै


काठमाडौं ,माघ २ । माटोको उर्वराशक्ति बढाउन यहाँको एक सहकारीले सुक्षम जीवाणु उत्पादन शुरु गरेको छ । महिला उद्यमी सहकारी संस्थाले जिल्लाको उग्रचण्डीनाला गाविसस्थित सेरामा प्रभावकारी सूक्ष्म जीवाणु उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो ।
शुक्ष्म जिवाणुले रासायनिक मल र विषादीको काम गर्न सक्ने भएकाले यसको प्रभावकारीकारिता बढ्दै गएको संस्थाका अध्यक्ष निर्मला गुरुङले बताउनुभयो । अहिले रासायानिक मल र किटनाशक विषादीले जथाभावी माटोको अवस्था बिग्रिएकाले त्यसको प्रतिस्थापनका लागि जैविक जिवाणु उत्पादन शुरु गरिएको उहाँको भनाई थियो । अहिले उत्पादनमा ह्रास भइरहेको छ, यसले उत्पादनमा वृद्वि गर्नुका साथै माटोमा उर्वरतासमेत ल्याउँछ ।’ उहाँले भन्नुभयो ।
सहकारी संस्थाको करिब ३२ लाख लगानीमा जीबाणु उत्पादन सम्वन्धी उद्योग सञ्चालनमा ल्याइएको हो ।
उद्योगको कच्चा पदार्थ जीवाणु जापानबाट आयात गरिएको र प्रतिमहिना झन्डै ५ सय लिटर प्रभावकारी सूक्ष्म जीवाणुको उत्पादन गरिने उहाँको भनाई थियो । उद्योगले प्रतिमहिना ३ हजार ३ सय लिटर जीवाणु उत्पादन लक्ष्य लिएको छ । जिवाणु घरको फोहर नष्ट गर्न, खेतको मल बनाउन, ढलको दुर्गन्ध हटाउन, बालीनालीबाट बढी उत्पादन लिन प्रयोग गर्न सकिने व्यवस्थापक श्रेष्ठको भनाइ छ ।
अम्लियपना हटाई दिगो रूपमै माटोलाई परिवर्तन गराउन भूमिका खेल्ने उनको दाबी छ । महिलालाई जापानको प्राविधिक सहयोगमा तालिम दिएर उद्योग सञ्चालनमा आएको नारी जागरण महिला समूहकी अध्यक्ष समेत रहेकी श्रेष्ठले बताउनुभयो । उहाँले प्रभावकारी सूक्ष्म जीवाणुको प्रयोग बहुउपयोगी हुने उल्लेख गर्दै माटोका शत्रुजीव भगाइ मित्रजीव बढाउने सहयोग पुग्ने उहाँको दावी थियो ।
जीवाणु उत्पादनका लागि एउटा मेसिन आइसकेको र थप अर्को मेसिन छिट्टै ल्याइने उद्योगले जनाएको छ । जापानबाट आयातीत मेसिनले सूक्ष्म जीवाणु उत्पादनका लागि पहिलो चरणमा १० बोतल र अर्को चरणमा १५ बोतल विभिन्न किसिमका एसिड जापानबाटै ल्याएर खुदो र पानीमा मिसाएर उत्पादन गरिएको श्रेष्ठले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन