माछापुछ्रे सहकारीको कारोबार दुई करोड


इलाम, माघ ३ । माछापुछ्रे बचत तथा रिण सहकारी संस्थाको दुई करोड, चौरानव्वे लाख, चौविस हजार, आठ सय सन्तानव्वे रुपैयाँ कारोकार गरेको छ ।

संस्थाको ७१/७२ मा संस्थाले ४ करोड ३ लाख, ५ सय अनुमानित आय सहितको प्रतिवेदन १६ औं साधारण सभाका अवसरमा संस्थाले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रममा अध्यक्ष कमलकुमार मैनालीले संस्थाको भावी कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सभाले ६५ वर्षीय सेयर सदस्यको लागि वार्षीक पाँच सय रुपैयाँ पोषण खर्च वापत उपलव्ध गराउने, सेयस सदस्यका छोराछोरी मध्येबाट सामुदायिक र निजि बिद्यालयबाट एसएलसीमा उत्कृष्ठ मध्ये दुई–दुई जनालाई जनहि एकहजार नगद सहित प्रमाण पत्र उपलब्ध गराउने लगायतका निर्णय समेत भएको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष नारायणबहादुर थापाले कार्यक्रममा सात जना असल रीणीलाई पुरस्किृत समेत गरिएको संस्थाका सचिव चुडचमणी खनालले जानकारी दिनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष मैनालीको अध्यक्षता तथा जिल्ला सहकारी संघकी अध्यक्ष विष्णु दाहालको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न