तीनदिने माछा महोत्सव हुने


काठमाडौं,  माघ ३ / राजधानीमा दोश्रो राष्ट्रिय माछा महोत्सव तथा राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ।

मत्स्य पालनको विकास, स्मृद्ध राष्ट्रको आधार नाराका साथ तीनदिने महोत्सवको आयोजना गरिन लागिएको हो। मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषदको मत्स्य अनुसन्धान महाशाखा, कृषि तथा बन बिश्वविद्यालय, एक्वा फिस, मनहरि डेभलपमेन्ट इन्स्टीच्युटलगायत संस्थाको सहकार्यमा नेपाल मत्स्य समाज तथा नेपाल मत्स्य व्यवसायी संघले महोत्सवको आयोजना गरेको हो।

कृषि उपभोक्ता डबलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि १८ गतेसम्म बानेश्वरस्थित एभरेष्ट होटेल अगाडिको चौरमा आयोजना हुने महोत्सवमा ५० वटा स्टाँल राखिने नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले जानकारी दिए। जसमध्ये १० वटा चेतनामूलक, २० वटा माछा तथा माछापालनसम्बन्धी आवश्यक प्राविधिक उपकरणसहितको व्यवसायिक तथा २० वटा माछाका परिकारसम्बन्धी स्टाँल राख्ने व्यवस्था गरिएको छ।

महोत्सवमा २५ वटा जिल्लाका माछा व्यवसायीले सहभागिता जनाउने संघले जनाएको छ। संघकाअनुसार मेलामा मुख्यगरी सात जातका माछाका साथै नयाँ जात मानिएको टिलापिया र पंगेसियस जातको माछाको परिबार, माछाको भूरासहित रंगिन माछाको अवलोकन तथा बिक्रि गर्ने व्यवस्था पनि गरिएको छ। मत्स्य विकास निर्देशनालका निर्देशक डा. रामानन्द मिश्रका अनुसार बानेश्वरकै इन्द्रणी कम्पलेक्सको मैत्री हलमा राष्ट्रिय सम्मेलनको पनि आयोजना गरिएको छ। सम्मेलनमा माछासम्बन्धी बिभिन्न बिज्ञहरूले २० वटा कार्यपत्र प्रस्तुत गर्नेछन्। उनकाअअनुसार माछाले राष्ट्रिय ग्राहस्थ उत्पादनमा १ प्रतिशत तथा कृषि ग्राहस्थ उत्पादनमा ३ प्रतिशले योगदान पु:याउदै आएको छ।

निर्देशनालयकाअनुसार नेपालके ५६ जिल्लामा माछाको उत्पादन हुँदैआएको छ। तराईको २०, मध्य पहाडीको ३० तथा हिमालीको ६ जिल्लामा माछा उत्पादन हुन्छ। नेपालको बारा जिल्लामा माछा उत्पादनमा पहिलो नम्बरमा आउछ। नेपालका २१ प्रजातिका माछा संकट सूचीमा परेका छन्। जसमध्ये सहर जातको टरटर भन्ने माछा लोप भइसकेको छ। सरकारले आगामी ५ बर्षमा नेपाललाई माछामा आत्मनिर्भर बनाएर आगामी १५ बर्षमा प्रति व्यक्ति प्रति बर्ष खपत हुने माछाको भाग बढाउने योजना अघि बढाएको छ। ‘यस योजनाअन्तर्गत अहिलेको प्रति व्यक्ति प्रति बर्ष रहेको २.३ किलो माछाको भागलाई बढाएर १० किलो पु:याउने लक्ष्य छ  निर्देशक मिश्रले बताए।

नेपालमा ८० प्रतिशत आफ्नै उत्पादन र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशत भारतको र ३५ प्रतिशत मात्रै स्वदेशी उत्पादनले बजार थेगेको छ। जसअनुसार राजधानीमा दैनिक १२ हजार भारतीय र पाँचहजार स्वदेशी माछाको बिक्रि हुन्छ। नेपालमा ६४ हजार ९ सय मेट्रिक टनको हाराहारीमा माछा उत्पादन हुन्छ। गत आर्थिक बर्ष ०६९/०७० मा झण्डै दुई अर्ब मूल्यबराबरको १० हजार मेट्रिक टन माछा आयात भएको थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन