अनुगमन प्रभावकारी बनाउँदै छौं–रजिष्ट्रार पौडेल


काठमाडौं, माघ ४ । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी अनुगमन प्रभावकारी बनाउने बताउनु भएको छ ।
सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजना एंव सहकारी नेपालको प्रस्तुती ‘सहकारी मेच’मा बोल्दै रजिष्ट्रार पौडेलले अनुगमन निर्देशिका परिमर्जित गरी प्रभावकारी अनुगमन गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘सहकारीको अनुगमन नगर्दा सहकारीमा समस्या बढ्ने भएकाले हाम्रो पहिलो प्राथमिकता अनुगमन हो’ उहाँले भन्नुभयो । ५ करोड भन्दा बढी कारोबार गर्ने सहकारीलाई विभागले र पाँच करोडसम्मको कारोबार गर्ने सहकारीलाई सम्बन्धीत डिभिजन कार्यालयले अनुगमन गर्दै आएको उहाँको भनाई थियो ।

निर्देशिका परिमार्जित गरेर सहकारीको अनुगमनको दायरा फराकिलो पार्न लागिएको उहाँले बताउनुभयो । ‘हामीले गरेको अनुगमन मन्त्रालयले छड्के अनुगमन गर्ने र डिभिजनले गरेको अनुगमन विभागले छड्के अनुगमन गर्ने छ’ उहाँले भन्नुभयो । गत वर्ष पाँच सय वटा सहकारीको अनुगमन गर्ने लक्ष्य निर्धारण गरिए पनि ४ सय १८ वटा मात्र सहकारीको अनुगमन गर्न सकिएको उहाँको भनाई थियो ।
सहकारीको अनुगमन गर्न दक्ष जनशक्ती नभएकाले समस्या परेको उहाँले बताउनुभयो । ५ सय दरबन्दीमा पनि १ सय खाली भएकाले देशभर अनुगमनका लागि समस्या परेको रजिष्ट्रार पौडेलले बताउनुभयो ।
राष्ट्रिय सहकारी नीति कार्यान्वयन गर्न एक्सन प्लान बनाइरहेको जानकारी दिदैं रजिष्ट्रार पौडेलले भन्नुभयो–‘नीति आफै एक्सनमा आउँदैन्, त्यसका लागि हामीले जेआईजेटको सहयोगमा एक्सन प्लान बनाइरहेका छौं’ उहाँले भन्नुभयो ।
सहकारी ऐन २०४८ संशोधन गरेर सहकारीले उद्योग खोल्न पाउने व्यवस्था गर्न लागिएको उहाँको भनाई थियो । त्यस्तै गल्ती गर्ने सहकारीलाई कडा सजायको व्यवस्थ गरिने उहाँको भनाई छ ।
समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि सम्पत्ति छानबिन समिति गठन गर्ने र समितिले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्ने गरी सहकारी ऐन संशोधन गर्न लागिएको उहाँको भनाई थियो । ऐन संशोधन गरी यथार्शीघ छानबिन समिति गठन गर्न लागिएको रजिष्ट्रार पौडेलले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान