ललितपुर बचत सहकारी संघमा कसले मार्ला बाजी ?
ललितपुर, माघ ४ । यतिखेर लतितपुर जिल्लाका बचत तथा ऋण सहकारीकर्मीहरु चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो नेता चुन्नका लागि उनीहरु क्रियाशील देखिएका छन् ।
ललितपुरका ४ सय २३ जना सहकारीकर्मीहरु आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न चुनावी मैदानमा उत्रिएका हुन् । चुनाव केहीबेरअघिदेखि शुरु भएको छ । संघको २० औं साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि वर्तमान अध्यक्ष रामशरण घिमिरे र वर्तमान उपाध्यक्ष रामशरण बस्नेत चुनावी मैदानमा उत्रनु भएको छ । दुवैजना युवा भएको र उत्तिकै पपुलर भएकाले कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
सहमतीका लागि विभिन्न प्रयासहरु भएपनि अन्तिम अवस्थामा आएर चुनाव भएको हो । घिमिरे अरुणिमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । उहाँ प्रजातान्त्रिक खेमाको हुनुहुन्छ । त्यस्तै बस्नेत चन्द्रशूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुुनुहुन्छ । वामपन्थी खेमाको नेतृत्व गर्नुभएको छ ।
यसैबीच बिहान सम्पन्न उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सक्षम र सबल नेतृत्व चुनुनीपर्नेमा जोड दिनुभयो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघका अध्यक्ष ऋषिराज घिमिरेले अबको नेतृत्वले सहकारी क्षेत्रको विकृति अन्त्य गर्न कुशल नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तो छ, घिमिरे समूहको प्यानल अध्यक्ष ः रामशरण भिमिरे
उपाध्यक्ष्य ःजगतलाल मर्हजन
सचिव ः शशिधर पोखरेल
कोषाध्यक्ष ः हेमराज दाहाल
संचालकहरु ः– कृष्णचन्द्र मर्हजन
कृष्णदेवी मर्हजन
गणेश महत
नरेन्द्र मर्हजन
भुषणनाथ शर्मा
रमेश कुमार सिल्वाल
लजना श्रेष्ठ
विभूषण शाक्य
सुरेन्द्र अमात्य
लेखा समिति संयोजक ः राजु ताम्म्राकार
सदस्य ः पवन तिमिल्सिना
सदस्य ः शशि खड्का
यस्तो छ, बस्नेत समूह प्यानल
अध्यक्ष ः रामशरण बस्नेत
उपाध्यक्ष ः अम्बिका थापा
सचिव ः रामहरी बजगाई
कोेषाध्यक्ष ः लक्ष्मी शाक्य
सदस्यहरु ः राजेन्द्र घिमिरे
नरायण थापा
सरिता अवाले
अशोक महर्जन
शान्तप्रसाद गौतम
भीमप्रसाद गेलाल
श्याम कृष्ण महर्जन
कान्छा बर्र्जाचार्य
महेन्द्रकुमार महर्जन
लेखा समिति संयोजकः अनिलीबर बज्र्राचार्य
सदस्य ः रमेश घिमिरे
सदस्य ः रुपेश तिमिल्सिना