ललितपुर बचत संघमा कडा प्रतिष्पर्धा


ललितपुर, माघ ४ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नयाँ नेतृत्वमा कडा प्रतिष्पर्धा देखिएको छ । मतगणनाको पहिलो चरणमा अध्यक्षका प्रत्याशी रामशरण बस्नेतको २७ र रामशरण घिमिरेको २३ खसेको छ । त्यस्तै सचिवमा दुवै प्रत्याशीको बराबरी मत खसेको छ ।
संघको नयाँ नेतृत्वका लागि बस्नेत वामपन्थीबाट चुनाबमा होमिनुभएको थियो भने घिमिरे प्रजातान्त्रिक समूहबाट चुनावी मैदानमा उत्रनुभएको थियो ।
५० मत गन्दा सचिवमा रामहरि बजगाई र शशीधर पोखरेलले २५÷२५ मत ल्याउनुभएको छ  । दिउँशो भएको मतगणनामा ४ सय २३ मत खसेको थियो ।
करिब एक घण्टाअघि शुरु भएको मतगणना करिब ३ घण्टासम्म पुरै नतिजा आइसक्ने बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न