ललितपुर जिल्ला बचत संघमा अध्यक्षमा घिमिरे, सचिवमा बजगाई
ललितपुर, माघ ४ । लतितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा अध्यक्ष रामशरण घिमिरे निर्वाचित हुनुभएको छ भने सचिवमा रामहरि बजगाई निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा घिमिरेले २ सय ५४ मत ल्याई बिजयी हुनुभएको छ भने उहाँका प्रतिध्वन्द्वी रामशरण बस्नेतले १ सय ७४ मत ल्याउनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा जगतलाल महर्जनले २ सय २९ मत ल्याई बिजयी हुनुभएको छ उहाँका प्रतिद्वन्द्वी १ सय ८८ मत ल्याउनुभएको छ । महर्जन पनि घिमिरे प्यानलको हुनुहुन्छ ।
सचिवमा रामहरि बजगाईले २ सय २२ मत ल्याई बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी शशीधर पोखरेलले १ सय ८८ मत ल्याउनुभएको छ । बजगाई बस्नेत प्यानलको हुनुहुन्छ ।
त्यस्तै त्यस्तै कोषाध्यक्षमा बस्नेत प्यानलबाटै लक्ष्मी शाक्य निर्वाचित हुनुभएको छ । शाक्यले २ सय १९ मत ल्याई बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हेमराज दाहालले १ सय ८४ मत ल्याउनुभएको छ ।
त्यस्तै सञ्चालक समितिमा कृष्णचन्द्र महर्जन(२४९), लजना श्रेष्ठ(२३७), विवुषण शाक्य (२०५), कृष्णदेवी महर्जन(२१७), सरिता अवाले(२२०), श्यामकृष्ण महर्जन(२११), रमेश कुमार सिलवाल (१९७), सुरेन्द्र अमात्य(१९७), कञ्चन बर्जाचाय(१८४) मत ल्याई बिजयी हुनुभएको छ ।
त्यस्तै लेखा समिति संयोजकमा राजु ताम्राकारले १ सय ९४ मत ल्याई बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अलिनबीर बर्जाचार्यले १ सय ८९ मत ल्याउनुभएको छ ।
त्यस्तै लेखा समितिमा शशी खड्का(२१४), र पवनकुमार तिमिल्सना (२०३) मत ल्याई बिजयी हुनुभएको छ ।
संघको २० औं साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । ४ सय २२ मत खसेको थियो । प्रजातान्त्तिक र वामपन्थी समूहबाट चुनाव लडेपनि मिश्रित मरिणाम आएको छ ।