डेढ सय सहकारीले लेखा परिक्षण गरेनन्


रामेछाप, माघ ५ । रामेछापका १ सय ५० सहकारी संस्थाले लेखा परिक्षण नगरेको डिभिजन सहरकारी कार्यालयले जनाएको छ ।

अधिंकाश सहकारी संस्थाहरुले सहकारी ऐन अनुसार लेखा परिक्षणका लागि डिभिजन सहकारी कार्यालय चरिकोटवाट अनुमति पत्र नलिंदा ति सहकारीहरुमा रहेको सर्वसाधारणहरुको शेयर लगानी डुव्ने अवस्थामा पुगेकोसमेत बताइएको छ ।

डिभिजन सहरकारी कार्यालयको नियमित अनुगमन नहुनु र जिल्ला सहकारी संघले त्यसतर्फ खासै चासो नदेखाएका कारण सहकारीको रकम डुव्न सक्ने अवस्थामा पुगेको हो ।

एक पछि अर्को गर्दै गाउँ गाउँमा धेरै संख्यामा खोलिएका सहकारी संस्थाहरुका लागि सरकारले निर्धारित समयमा साधारण सभा सम्पन्न गरी त्यसको आयव्यय सार्वजनिक गरिसक्नु पर्ने तथा लेखा परिक्षक नियुक्ति गरि सक्नु पर्ने सूचना जारी गरेको भएता पनि जिल्लाका डेढ सय भन्दा बढी सहकारी संस्थाले उक्त निर्देशन अनुसारको काम गरीनसकेको जिल्ला सहकारी संघका उपाध्यक्ष हिमाल ढुगेलले जानकारी दिनुभयो ।

सहकारी विभागले असोज मसान्तसम्म सवै सहकारीले लेखा परिक्षक नियुक्ति गर्नु पर्ने निर्देशन दिएको भएता पनि आफुलाई प्राप्त सुचना अनुसार अधिकासं सहकारी संस्थाहरुले मंसिर महिना वितिसक्दा पनि लेखा परिक्षक नियुक्त गरेका छैनन् । जिल्ला सहकारी संघको तथ्याकं अनुसार रामेछाप जिल्लामा ४ सय १७ वटा सहकारी संस्था रहेका र ती सहकारी संस्थाहरुले करोडौंको कारोवार गर्दै आएका छन् ।

जसका कारण ती संस्थाका शेएर सदस्यहरु लाई दैनिक जीवन संचालनको लागी र सानोमसिनो आयआर्जन गर्न सहज भएता पनि ती संस्थाहरुले आधिकारीकता ग्रहण गर्न नसक्दा जम्मा भएको मोटो रकम डुव्न सक्ने अवस्था सिर्जना भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक