विवेकसिल सहकारी संस्थाको सहयोग
रूपन्देही, माघ ५ । विवेकसिल बचत तथा ऋण सहकारी संस्था बुटवले बालकल्याणगृह बुटवलका वालवालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
संस्थाले बुटवल जीतगढीमा रहेको बालगृहका वालवालिकालाई २७ थान स्विटर प्रदान गरेको हो । सहकारीका अध्यक्ष टेकबहादुर थापा क्षेत्रीले वालवालिकालाई स्विटर वितरण गरेको बताउनुभयो ।
सहकारीले सामाजिक सेवा अन्तरगत अनाथ वालवालिकालाई जाडोमा लगाउने स्विटर वितरण गरेको जनाएको छ । वालकल्याणगृहमा २५ जना बालबालििकाहरु रहेका छन् ।