रकम लिएर सहकारीका कर्मचारी बेपत्ता


झापा, माघ ६ । उपकार बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी शिला कोइरालाले सदस्यलाई दिएको ऋण लिएर बेपत्ता भएकी छिन् । उनले पाँच लाग बढी ऋण लिएर बेपत्ता भएको बुझिएको छ ।
कञ्चनजंघा समूहका १२ जनालाई दिएको करिव ५ लाखबढी ऋण लिएर फरार भएको पीडितले पत्रकार सम्मेलन गरि जानकारी दिएका थिए । ऋण दिएपछि समूहबाट बचत र ऋण दिइदै आएकी कोइरालाले आफूले संस्थाबाट निकालेको ऋण आफूले तीर्ने भन्दै मौखिक सहमतिमा लिइदै आएकी बताएकी थिइन् ।
संस्थाका सदस्यले ऋण किन नतिरेको भन्ने मौखिक जानकारी आएपछि मात्रै थाहा पायौं मेचीनगर ४ का टीका बानियाँले भन्नुभयो–‘‘हामीले थाहा पाएको पत्तो पाएपछि कोइराला फरार छिन् ।’
बानियाँले केही महिनाअघि व्यापारिक प्रयोजनका लागि ५० हजार निकाल्नु पर्ने कलेक्टर कोइरालालाई भनेका थिए । प्रतिउत्तरमा कोइरालाले संस्थामा निवेदन गर्नुपर्छ अनी मात्रै ऋण रकम पाइने भनेपछि संस्थामै पुगेर हस्ताक्षर गरेपनि रकम अझै नपाएको बताउँछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न