सहकारीले बनायो आत्मनिर्भर


म्याग्दी ,माघ ६ । सहकारीमा लागेपछि अधिकांश महिलाको दैनिकी फेरिएको छ । सधैं चुलोचौकोमा सीमित हुदैं आएका महिलाहरु पछिल्लो समयमा सहकारीको प्रेरणाले आत्मनिर्भर हनु थालेका छन् ।

2 j

म्याग्दीका अधिकांश महिलाहरु सहकारीमा लागेपछि आत्मनिर्भर बन्दै गएको बताइएको छ। गाउँ गाउँमा खुलेका विभिन्न सहकारीहरुबाट क्राण् लिएर उनीहरुले आयआर्जनका कामहरु गर्न थालेछि उनीहरुलाई आर्थिक जोहो गर्न सजिलो भएको छ ।
जनचेतना महिला सहकारी संस्थाका अध्यक्ष शिवकुमारी घिमिरेले अधिकांश महिला सदस्यले थोरै ऋण लिएर पनि व्यवसायीक काम गर्दै आएको बताउनुभयो । उहाँले यहाँका महिलाले विभिन्न किसिमका व्यवसायहरु गर्दै आएका छन् । ‘सहकारीले महिलालाई सक्षम र आर्थिकरुपमा सबल बनाएको छ’ उहाँले भन्नुभयो ।
महिलाले व्यवसायिक बाख्रापालन, तरकारी खेती,किराना पसल तथा अन्य आयआर्जनमूलक व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका महिला विकास कार्यालय म्याग्दीले जनाएको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले महिला स्वावलम्वन लक्षित विभिन्न कार्यक्रमहरु गाउँगाउँमा पुगेर गर्न थालेपछि विगत पाँच वर्षको तुलनामा अहिले महिलाहरुको अवस्थामा निकै परिवर्तन आएको हातेमालो सहकारी संस्थाका प्रबन्धक यामवहादुर थापाले बताउनुभयो ।
जिल्लाका ज्यामरुककोट,रत्नेचौर,वावियाचौर,अर्मन, हिस्तान, राम्चे, शिख लगाएतका गाउँमा सहकारी र विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा महिलाहरुले उल्लेख्य प्रगति गर्न सफल भएका बताइएको छ । सृजनशील महिला समूहमा आवद्ध रोहोटेकी निर्मला शर्माले सहकारीबट लिएको सानो रकमले गाउँमा तरकारी खेती र किराना पसल संचालन गर्नुभएको छ ।
उहाँले अहिले तरकारी खेतीवाट मासिक रु ८ हजार र किराना पसलवाट मासिक १२ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउनुभयो । शर्माले ६ जनाको परिवार चलाउनुका साथै आँफूले ल्याएको क्रण तिरेर विभिन्न वैंक तथा वित्तिय संस्थाहरुमा बचत गर्न शुरु गरेको बताउनुभयो ।
त्यसैगरी अर्मनकी रेनु कडेलले पनि स्थानीय महिला समूहवाट २२ हजार रुपैयाँ क्रण लिएर ६ वर्षअघिदेखि बाख्रा, कुखुरा र तरकारी खेती गर्दै आउनुभएको । व्यवसायवाट आँफू आर्थिक रुपमा बलियो वन्दै गएको कडेँलले बताउनुभयो ।
पहिला विहान बेलुकाको गर्जो टार्न पनि मुस्किल पर्ने कडेललाई अहिले भने जीवन सहज लाग्न थालेको छ । बाख्रा, कुखुरा र तरकारी विक्रि गरेर मासिक २० हजारको हाराहारीमा कमाइ गर्ने कडेलले सोही रकमवाट गाउँमा जग्गासमेत जोडेको उहाँको भनाई थियो ।
यसहरी शर्मा र कडेँलसँगै गाउँका अधिकांक महिलाले सहकारीबाट ऋण लिएर कुनै न कुनै व्यवसाय गर्दै आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक