धनवीर दाहाल
रुकुम माघ ६ । खाद्य अभाव हुन नदिन रुकुममा नयाँ कामको थालनी भएको छ । रुकुमका खाद्य अभाव हुने क्षेत्रहरुमा स्थानियले खाद्य संचितका लागी नयाँ कामको थालनी गरेका हुन् । कृषकले उत्पादन गरेको अन्नलाई संचित गरी जिल्लामा पुर्ण रुपमा खाद्य सुरक्षाको प्रत्याभुति गराउन रुकुममा अन्न बैंक एवं भकारी कार्यक्रम थालनी भएको हो । रुकुमको मग्गा गाबिसका स्थानियले अन्न भकारी कार्यक्रमको सुरुवात गरेका छन् । झारमारे कृषि सहकारी संस्थाले अन्न भकारी भवन निमार्ण गरी खाद्यान्न संचित गर्न थालेको छ । सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्रको सहयोगमा स्थानियले अन्न बैंक तथा अन्न भकारीको स्थापना गरेका हुन् । अन्न बैंकमा मकै, गहुँ, धान, कोदो, फापर लगाएतका खाद्य बस्तुहरु संचित गरिने स्थानियले बताएका छन् । रुकुमका ग्रामिण भेगमा हुन सक्ने खाद्य अभावलाई अन्न बैंकले रोक्ने स्थानिय विकास अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।
रुकुम जिल्लामा कृषिको क्षेत्रमा काम गर्दै आएको रुकुमेली समाज बिकास केन्द्रले रुकुमका मग्मा लगाएत केही गाबिसहरुमा अन्नभकारीको अवधारणा निमार्ण थालेको छ । सो संस्था द्धारा सञ्चालित पोषण परियोजनाले रुकुमका मग्मा, झुला, बाँफिकोट, स्यालापाखा, घेत्मा, साँख, दुली, लगाएतका गाबिसमा सो अभियान थालेको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र रुकुमेली समाज बिकास केन्द्र रुकुमको आयोजनामा संचालित पोषण परियोजना अन्तर्गत ति गा.वि.स.मा खाद्यन्न अन्न भकारी (धर्मभकारी)भवन निर्माण गरेको छ । पोषण परियोजना अन्तर्गत ति गा.वि.स.हरुमा गठन भएका बिभिन्न कृषि सहकारी संस्थाले कामलाई तिब्रता दिएको रुकुमेली समाज बिकास केन्द्रका प्रेम पुनले बताउनुभयो ।
हरेक गाबिसमा जिल्ला बिकास समिती रुकुमबाट धर्मभकारी निमार्ण गर्न रु १,००,००० र रुकुमेली समाज बिकास केन्द्र रुकुमबाट रु १०,५०,००० हजार गरी जम्मा ११,५०,००० सहयोग भएको छ । ति सहकारीहरुले खाद्यन्न अभाव भएको समयमा सर्बसाधारण लाई सहज रुपमा खाद्यन्न आपुर्ति गर्न अन्न भकारीको प्रयोग गर्ने रुकुमेली समाज बिकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले बताउनुभयो । रुकुमका बिकट गाबिसहरु खाद्य असुरक्षित हुन सक्ने जिल्ला खाद्य सुरक्षा सञ्जालले निष्कर्ष निकालेको बेला अन्नभकारीले मद्धत पुर्याउने अनुमान स्थानियले गरेका छन् । रुकुमका सबै गाबिसमा अन्नभकारी कार्यक्रम सञ्चालन गर्न समेत माग गरेका छन् । जिल्ला बिकास समिती लगाएतका सरकारी तथा गैरसरकारी निकायलाई सो कार्यक्रम जिल्लाभर प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरेका हुन् ।

खाद्य अभाव हुन नदिन गाँउ गाँउमा अन्न बैंक
by
Tags:
Leave a Reply