सहकारी महिला हिंसा अभियानमा


नेपालगञ्ज, माघ ७ । महिला हिंसा बढेको भन्दै बाँकेको एक सहकारीले महिला हिंसाबिरुद्व चेतनामूलक अभियान सञ्चालन गरेको छ ।
बाँकेको मनिकापुरस्थित अग्रगामी महिला तथा बचत ऋण सहकारी संस्थाले महिला हिंसाविरुद्ध सचेतना जगाउन क्रियाशिल भएको छ ।
सृजनशील आमा समूहबाट बचत संकलन गर्दै दुईवर्ष अघि सहकारी संस्थाका रुपमा परिणत भएको यो संस्थामा सयजना बढी शेयर सदस्य हुुनुभएको छ ।
संस्थामा आवद्ध शेयर सदस्यमार्फत समाजमा महिला हिंसाविरुद्ध सचेतना अभियान सञ्चालन गरेको संस्थाकी अध्यक्ष उषा थापाले जानकारी बताउनुभयो ।
अग्रगामी महिला तथा बचत ऋण सहकारीमा संस्थामा आवद्ध महिलाले बचतको साथसाथै आ–आफ्नो गाउँ समाजको शैक्षिक, सामाजिक विकासमा समेत चासो देखाउने गरेका छन्। टोलको सडक निर्माण, खानेपानी, सरसफाईको क्षेत्रमा महिलाले अग्रसरता देखाउदै आएको संस्थाकी संस्थापक सदस्य शान्ति ढकालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न