मुनाल सहकारीको शेयर पूजी चार करोड
काठमाडौं, माघ ७ । मुनाल बचत तथा ऋण सहकारी संस्था पोखराको सेयर पुँजी ४ करोड रुपैयाँ बतीस लाख पुगेको छ ।
सातौ साधारणसभाका अवसरमा संस्थाले जानकारी दिएको हो । संस्थाको तीन सय ८२ सेयर सदस्य रहेका छन् । सहकारीको निक्षेप संकलन ८ करोड २५ लाख रुपैयाँ र ऋण लगानी ८ करोड रुपैयाँ रहेकोे छ ।
सो अवसरमा सहकारीले लुटेराको गोली लागि घाइते भएका यति डेभलपमेन्ट बैंकका पुर्वकर्मचारी भगवान बराललाई आर्थिक सहयोग गरेको छ ।
घाइते बरालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको निवासमा पुगी मुनाल सहकारीका अध्यक्ष मेघनाथ काफ्ले लगायतले सस्थाको तर्फबाट ११ हजार एक सय ११ रूपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा मुनाल सहकारीले हरेक वर्ष आफ्नो वाषिर्कोत्सवको अवसर पारेर समाजसेवाका कार्यहरु गर्दै आएको अध्यक्ष मेघनाथ काफ्लेले बताताउनुभयो ।