मिलीजुली १२ औैं वर्षमा प्रवेश


सिन्धुली, माघ ७ । सिन्धुलीमाढीमा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था १२ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले ५ करोडको कारोबार गरेको बताइएको थियो ।
सहकारीका सचिव दीपनारायण श्रेष्ठले साधारण सभामा प्रस्तुत प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७०/७१ मा सहकारीले ४ करोड ८८ लाख १८ हजार ५६ रुपैयाँको कारोबार गरेको छ । त्यस्तै १८ करोड ३० लाख ४३ हजार ९ सय ४७ रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीको शेयर पुँजी ६३ लाख ९८ हजार ५ सय रहेको छ । बचत तथा निक्षेपमा ३ करोड ८५ लाख १३ हजार ७ सय ६० रुपैयाँ रहेको छ । सहकारीमा २ हजार ६ सय ७९ जना शेयर सदस्य रहेका छन् । जसमा महिला १ हजार ९ सय ९९ रहेका छन् भने पुरुष ६ सय ७९ जना रहेका छन् ।
संस्थागत सदस्य एक रहेको छ भने वाल वचतकर्ता ४ सय ७५ रहेका छन् । सहकारीका सेवाग्राही ३ हजार १ सय १५ जना रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७००७२ मा ७५ करोड ऋण लगानी गर्ने लक्ष्य लिएको छ भने शेयर पुँजी ८ करोड पुर्याउने लक्ष्य लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान