उपासना महिला सहकारीको खुद नाफा एक लाख ३२ हजार
काठमाडौं, माघ ७ । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७०/७१ मा १ लाख ३२ हजार ८ सय ७८ रुपैयाँ खुद नाफा गरेको छ संस्थाले अघिल्लो वर्ष १ लाख २६ हजार ४ सय ५छ रुपैयाँ खुद नाफा गरेको थियो ।
संस्थाको पाँचौ वार्षिक साधारणसभाका अवसरमा २ करोड २८ लाख ३४ हजार १२ रुपैंया निक्षेप संकलन भएको जनाएको छ । त्यस्तै संस्थाले २ करोड ५२ लाख २१ हजार ९ सय ५८ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको शेयर पूँजी ४० लाख ७१ हजार ४ सय रुपैयाँ पुगेको बताइएको थियो ।