सहकारीबीच सहकार्यमा जोड दिइने


काठमाडौं, माघ ८ । सहकारीबीच सहकार्यमा जोड दिनुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । बालज्योति बचत तथा ऋण सहकारी कपन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी सहकारी मिलेर धेरै रचनात्मक काम गर्न सकिने बताएका थिए ।
साधारण सभाले सर्वसम्मत रुपमा बेदुकाजी घिमिरेको अध्यक्षतामा कार्यसमिति पनि चयन गरेको छ । अध्यक्षमा चयन भएपछि घिमिरेले कपन गाविसमा कार्यक्षेत्र भएका अधिकतम ९४ वटा सहकारीका बीच सहकार्यको आवश्यकतामा जोड दिदै सहकारी शिक्षा प्रदान गर्न सहकारीहरुको बीचमा सहकार्य गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न लागिपर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रुपन्देहीमा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
हाम्रो एकीकृत साकोसको ५औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन
बचत ऋण र तरकारी उत्पादक कृषि सहकारीबीच एकीकरण
सिराहा नगरपालिकाका सहकारीहरुको अवस्था मापन गरिदै