राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने
फागुन ६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ ।
आज उद्योग मन्त्रालयमा उद्योगमन्त्री महेश बस्नेतलाई घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनी तयारी, व्यवस्थापन लगायतको विषयमा जानकारी गराउनुभयो ।
“ःबमभ क्ष्ल ल्भउब िमा गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ” भन्ने मुल सन्देशका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ जिल्लाबाट दुई उद्यमीका दरले सहभागिता रहने सो प्रर्दशनीमा दुई सयभन्दा बढि स्टल रहने आयोजक संस्था घरेलु विकास समितिले जनाएको छ ।
घरेलु विकास समितिका उप कार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगका साथै नविकरणीय उर्जाको स्टल समेत रहने जानकारी दिनुभयो । फागुन १० गतेसम्म संचालन हुने प्रर्दशनीमा पुष्प व्यवसाय र वनस्पती व्यवसायका स्टल समेत समावेश गरिने छन् ।