काठमाडौं जिल्ला सहकारी संघको चुनावी माहोल तात्दै


काठमाडौ,माघ ९ । सहकारीको अग्रणी क्षेत्र मानिएको काठमाडौं जिल्ला सहकारी संघको चुनाव आउन अब एक महिना समय बाँकी छ । एक महिना बढी समय बाँकी रहेपनि आन्तरिक रुपमा चुनावको तयार तीर्व बन्दै गइरहेको छ ।

अधिवेशन समय नजिकिदैैं जाँदा दुई खेमाहरुले आफ्नो पक्षमा नेतृत्व हत्याउन व्यापक गृहकार्यमा जुटेका छन् । पछिल्लो समयमा सहकारीमा प्रजातान्त्रिक विचार राख्नेहरु संगठित भएर क्रियाशील भएका छन् । उनीहरुले काठमाडौंका १० वटै क्षेत्रमा छरिएर रहेका प्रजातान्त्रिक विचारधाराका सहकारीकर्मीहरुलाई संगठित गरी नेपाल कोअपरेटर्स एलाईन्स गठन गरी सहकारीमा आफ्नो भूमिका खोज्न सक्रिय भएका छन् ।
नजिकिदो जिल्ला संघको चुनावमा नेतृत्व हत्याउन एलाईन्सको गृहकार्य व्यापक छ भने उता वापपन्थीहरु समेत आफ्ने पहुँच कायमै राख्न उत्तिकै क्रियाशिछ छन् । आउँदो फागुन १५ गते हुने चुनावका लागि अहिले नै दुई समूहले आफ्नो पक्षमा नेतृत्व लिन आन्तरिकरुपमा गृहकार्यमा जुटेको स्रोत बताउँछ ।

प्रजातान्त्रिक समूहले सहकारीमा आफ्नो अस्तित्व कायम गर्न विगत केही वर्षयता पार्टीकै भातृसंगठनजस्तै गरी सहकारीमा आफ्नो स्थान बलियो बनाउँदै आएको छ । एलाईन्सको काठमाडौंमा १० क्षेत्रीय संगठन गठन भइसकेको छ । एलाईन्सको गठनले अहिलेसम्म राज गदैै आएका वामपन्थीहरुलाई अब काठमाडौं जिल्ला संघको नेतृत्वमा रहीरहन हम्मेहम्मे पर्ने निश्चित प्रायः छ ।

काठमाडौं जिल्ला संघमा १ हजार ७ सय ६८ सदस्य रहेको दाबी गरिएको छ । यद्यपी सदस्यहरुको आधिकारिक पुष्टी हुन नसकेको बताइन्छ । स्रोतका अनुसार संघमा अधिकांश सदस्यको लगतसमेत भेटिदैन् । संघले माघ १४ गतेसम्मका लागि सदस्यता आह्वान गरेको छ । यसअविधिमा अझै सदस्य थपिन सक्नेछन् ।
अघिल्लो अधिवेशनका बेला संघको निर्वाचनमा ४ सय सदस्य पनि पुगेका थिएनन् । संघको चुनावमा एलाईन्स र बामपन्थीको कडा प्रतिष्पर्धा हुन सक्ने स्रोतले दावी गरेको छ । यद्यपी, अन्तसम्म दुई पक्ष सहमती गरेर सर्वसम्मतरुपमा नेतृत्व चयन हुन सक्ने बताइएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष के बि उप्रेती , उपाध्यक्ष गोविन्द शर्मा, महासचिब सिताराम काफले र कोषाध्यक्ष परितोष पौडेलहरु संघको नेतृत्वका लागि क्रियाशील रहेको र अधिवेशनको समय निजिकिदै जाँदा ती मध्येबाट कुनै उम्मेदवार हुन सक्ने बताइएको छ ।

अध्यक्ष केवी उप्रेती र कोषाध्यक्ष परितोष पौडेल वामपन्थी समूहको प्रतिनिधित्व गर्नुहुहुन्छ भने उपाध्यक्ष गोविन्दप्रसाद शर्मा, महासचिव सिताराम काफ्ले प्रजातान्त्रिक समूहको प्रतिनिधित्व गर्नुहुन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न