सहकारीको सक्रियतामा बीमा कम्पनी स्थापना


काठमाडौं, माघ ९। साना किसान सहकारीको सक्रियतामा बीमा कम्पनी स्थापना भएको छ । किसानको हितका लागि बीमा स्थापना भएको हो ।
साना किसान सहकारीका सदस्यके सुरक्षा, बाली सुरक्षा र पशुधन सुरक्षा नाम दिएर लघुबिमा कार्यक्रम संचालन गर्दै आएका साना किसान सहकारी संस्थाहरुको सक्रियतामा बिमा कम्पनी स्थापना गर्न लागिएको हो ।
साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान कृषि सहकारीहरुको संयुक्त पहलमा सो कम्पनी स्थापना हुन लागेको हो । कम्पनीमा फिलिपिन्सको क्लाइम्स् लाइफ एण्ड जनरल इन्स्योरेन्स कोअपरेटिभको पनि लगानी रहने बताइएको छ ।

संघका अध्यक्ष खेम पाठकले सहकारीमा आबद्ध सदस्यका साथै ग्रामीण भेगका वित्तीय पहुँच कम भएका विपन्न वर्गलाई बिमा सुविधा दिने उद्देश्यले कम्पनी स्थापना गर्न लागिएको बताउनुभयो । कम्पनी स्थापनाका लागि सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहमति दिइसकेको र बिमा समितिको अनुमति पाएपछि काम शुरु हुने उहाँले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न