‘सर्वसाधारणलाई सहकारी नै राम्रो ’


काठमाडौंलाई हेरेर मात्र सिंगो सहकारीको विश्लेषण गरिनु र त्यसैअनुरुप नीति निर्माण गर्नु किमार्थ राम्रो होइन’ यो भनाई हो दाङका सहकारीकर्मी प्रेम केसीको ।
साझेदारी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष केसी काठमाडौैंका केही सहकारीको बदमासीले सिंगो सहकारीले बदनामी कमाउनुपरेकोमा दुःख व्यक्त गर्छन् । भन्छन्–‘गाउँमा सहकारीले रचनात्मक काम गरेका छन्, सहकारीले गरेका धेरै कामहरु उदाहरणीय छन् ।’
राधाजानीका केही ठूला सहकारीको गल्तीको कारण सहकारीप्रति नकारात्मक सोच रहेकोमा उनी गुनासो गर्छन् – ‘गल्ति गर्नेलाई कारवाही गर्नसक्नुपर्छ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ ।’
२०५९ सालमा साझेदारी बचत तथा ऋण सहकारी संस्था गठन गर्दा उनी सञ्चालक सदस्य भए । त्यसपछि २०६५ सालमा उनी फेरी सदस्य र शिक्षा समितिको संयोजक बने । अहिले उनी दोस्रोचोती उपाध्यक्ष बनेका छन् । उपाध्यक्षसँगै उनी ऋण समितिको संयोजक पनि छन् । दोस्रोपटक उपाध्यक्ष भएका केसी आगमी दिनमा सफलरुपमा सहकारी सञ्चालन गर्न सकिनेमा विश्वास गर्छन् ।
सहकारीमा सामान अधिकार हुने भएकाले बिस्तारै सहकारीप्रति आकर्षण बढ्दै गएको उनको बुझाई छ ।
सहकारीबाट धेरै रचनात्मक काम गर्न सकिने उनी तर्क गर्छन् । ‘सहकारीले गाउँका निमुखा वर्गको उत्थान गरेको छ, यो नै हाम्रो सफलता हो ’ उनी भन्छन् । वित्तीय कारोबार गर्ने बैंक आएर मात्र खुसी हुने अवस्था नरहेको र बैंकमा सर्वसाधारणले सहजै सेवा पाउन नसकेकाले सहकारी सबैमा उत्कृष्ट रहेको उनको बुझाई छ ।
‘हामी सदस्यता प्रदान गरिसकेपछि सरलरुपमा सेवा दिन्छौं, त्यही भएर पनि हामीप्रति सदस्यको विश्वास बढ्दै गएको छ’ उनले भने । जतिसुकै ठूला बैंक आएपनि सर्वसाधारणलाई सहकरी नै राम्रो हुने उनको अनुभव छ ।
सहकारीले आर्थिक विकासमा टेवा पु¥याउन सक्ने उनको विश्वास छ । ‘यसले आर्थिक विकासमा प्रभाव टेवा पु¥याउँछ, साथै जीवनस्तरमा पनि सुधार ल्याउन मद्वत गर्छ’ उनले भने ।
सदस्यले आम्दानीको केही हिस्सा बचत गर्ने र ऋण पनि सजिलैसँग पाउँने भएकाले गाउँगाउँमा सहकारी अपरिहार्य भएको उनको बुझाई छ ।
लामो समयदेखि सहकारीमा क्रियाशील रहेका केसी आगामी दिनमा संस्थाको अध्यक्ष एंव माथिल्लो निकायमा जाने चाहना रहेको बताउँछन् । ‘नेतृत्व बिस्तारै हस्तान्तरण हुने कुरो हो , कुनै पनि संघसंस्थामा बसेपछि लिडरसिप चाहना नहुने कुरै भएन’ उनले भने ।
दाङ जिल्लामा सहकारीका जिल्ला संघ एंव विषयगत संघहरु सक्रिय हुन नसकेको उनी बताउँछन् । बचत संघ भएपनि संघ सक्रिय छैनन्, यसले प्ररम्भीक सहकारीको वृत्तिविकासमा टेवा पुग्न सकेको छैन्’ उनी भन्छन् । अधिकांश सहकारी संघमा आबद्व हुन सकेका नसकेको उनले बताए ।
जिल्लास्तरमा सहकारी विभिन्न केन्द्रीय संघ सक्रिय हुनुपर्नेमा उनी जोड दिन्छन् । संघहरु सक्रिय भएमा प्ररम्भीक सहकारीको विकासमा बल पुग्छ ।’ उनले भने ।
राष्ट्रिय सहकारी संघको मातहतबाटै ति संघहरु इकाइको रुपमा विकसित गर्न सके सहकारी बलियो बन्न सक्ने उनी धारणा राख्छन् । संघ क्रियाशील नहुदाँ सहकारीमा समस्या देखा परेको उनको भनाई छ ।
सहकारीमा लागेपछि उनले धेरै कुरा सिकेको बताउँछन् । उनले सहकारीको बचत, नेतृत्व विकास, मूल्यमान्यता लगायतका तालिम दिएका छन् । सहकारी सहकारी मिलेर समयसमयमा तालिम दिने गरेको उनले सुनाए ।
तालिमले संस्था सञ्चालनमा सघाउ पु¥याउँछ, हाम्रो प्राथमिकता तालिममा विशेषरुपमा छ’ उनले भने । तलिमको अवसर आउँदा कर्मचारी एंव अन्य पदाधिकारीलाई पनि सहभागी गराइने गरेको उनी बताउँछन् । साझेदारी सहकारीको सदस्यहरु ९ सय ६० पुगेको उनले बताए । त्यस्तै शेयर पूँजी १ करोड २५ लाख रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक