अर्थमन्त्री डा महतद्वारा बेत्रावती स्याफ्रुबेसी सडक निर्माणको शुभारम्भ


रसुवा, माघ ९ । अर्थमन्त्री डा रामशरण महतले गल्छी देबीघाट रसुवागढी सडकखण्डलाई छोटो गर्ने बेत्रावती मैलुङ स्याफ्रुबेसी सडक खण्डको शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच शुभारम्भ गर्नुभयो ।

उक्त सडक खण्डको ट्रयाक खोल्नका लागि चालु आर्थिक बर्षको बजेटमा रु २ करोड ७० लाख छुट्याइएको छ । नेपाली सेनाले उक्त कामको जिम्मा लिएको छ भने चालु आर्थिक बर्षको अन्त्यसम्ममा ट्रयाक खुल्ला गरिने जनाइएको छ । बेत्रावतीबाट धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५० किलोमिटरको यात्रा गर्नुपथ्र्यो भने अव बेत्रावती मैलुङ स्याफ्रुबेसी सडक बनेपछि बेत्रावतीबाट स्याफ्रुबेसी पुग्न ३२ किलोमिटर मात्र पर्नेछ ।
छोटो मोटरबाटोका लागि स्थानीय जनताको व्यापक माग आएपछि अर्थमन्त्री डा महतले चालु आर्थिक बर्षको बजेटमा रकम बिनियोजन गर्नुभएको थियो । सडक निर्माण कार्यको शुभारम्भ गरेपछि यहाँ भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरुको माग बमोजिम अव यो छोटो मोटरबाटो निर्माण शुरु भएको छ । यसले यहाँको आर्थिक गतिविधिहरुलाई विस्तार गर्न ठूलो मद्दत पुग्नेछ ।
मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढिसकेकोले केही बर्षभित्रै जनताको जीवनस्तरमा ठूलो सुधार आउने उल्लेख गर्नुभयो । बाटो बनेपछि गाउँको कृषि उपजलाई शहरसम्म लैजान सुगम हुने र आर्थिक उपार्जन राम्रो गर्न सकिने पनि उहाँले बताउनुभयो । उत्तरतिरको नाका खुलेकोले सिर्जनशील भै काम गर्ने र त्यहाँको माग बमोजिम उत्पादन गर्ने हो भने नेपाली बस्तु निर्यातको ठूलो संभावना रहेको उहाँले उल्लेख गर्नुभयो । सरकार विकासको प्रतिफल छिटो जनतामा पु¥याउन क्रियाशील रहेको बताउँदै उहाँले स्थानीयबासीलाई विद्युत आयोजना तथा अन्य विकास निर्माणका कामहरुमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, स्थानीय जनताका गुनासा तथा समस्याहरु सुनेर समाधान गर्न सरकार तयार छ । तर विकासको रफ्तारलाई नरोक्नुहोस । यसले आफैलाई हानी पुग्छ ।
अर्थमन्त्री डा महतले सेनामा रहेको सीप, अनुशासन र जाँगरको सदुपयोग गर्नुपर्छ भनेर आफूले तत्कालिन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बखतदेखि सडक निर्माणको काम सेनालाई दिन थालिएको र सेनाले समयमा काम पूरा गरेर देखाउने गरेको प्रसंग उल्लेख गर्नुभयो । उहाँको भनाई थियो, सेनाले बिगतको जस्तै रफ्तारमा काम गरेर आफ्नो दायित्व पूरा गर्ने आशा गरेको छु ।
बजेटको कुनै अभाव हुने छैन । निर्माण कार्यमा तल्लिन नेपाली सेनालाई अर्थमन्त्री डा महलते भन्नुभयो, छिटो काम गरेर देखाउनुहोस । सडक निमाणका लागि सरकारले बजेट उपलब्ध गराउनेछ । रकमको कुनै अभाव हुन दिइने छैन । यहाँको मात्र होइन, अर्थमन्त्री डा महतले राष्ट्रिय योजना आयोगको स्वीकृति लिई कार्यक्रममा परेका देशभरका विकास निर्माण आयोजनाहरुका लागि बजेटको अभाव हुन नदिने गरी सरकारले स्रोत परिचालन गर्ने नीति लिएको छ जानकारी दिनुभयो ।
सडक निर्माण शुभारम्भ कार्यक्रममा सभासदहरु बहादुरसिंह लामा, जनार्दन ढकाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, अर्थसचिव सुमनप्रसाद शर्मा, प्रधान सेनापति गौरवशम्शेर राणा तथा सेनाका वरिष्ठ अधिकारीहरु, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, नेपाली कांग्रेस नुवाकोटका सचिव रमेशकुमार महत तथा स्थानीय कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध