आर्थिक विकासमा साना किसानको भूमिका महत्वपूर्ण


साना किसान सम्मेलनको भव्य उद्घाटन

काठमाडौं, १६ कात्तिक । साना किसान सम्मेलन २०७१ राजधानीको याक एण्ड यती होटलमा शुरु भएको छ । सम्मेलनको उद्घाटन अर्थमन्त्री रामशरण महतले उद्घाटन गरे । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले सानाकिसान सहकारी संस्थाले गरीबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । साना किसानहरु आगामी दिनमा गरिवि न्युनिकरणमा केन्द्रित हुनुका साथै आर्थिक समुन्नतीतर्फ लम्किनुपर्ने बताउनुभयो । साना किसान विकास बैंक र कृषि सहकारी केन्द्रिय संघद्वारा संयुक्त रुपमा आयोजित साना किसान सम्मेलन २०७१ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालमा ठूला किसानहरु नभएको बताउँदै महतले साना व्यवसायी तथा किसानहरुले नै देशलाई आर्थिक सम्बृद्धि तर्फ लैजान सक्नुपर्ने बताउनुभयो । साना किसान सहकारी मार्फत गरिने कामलाई सरकारले अझ बढी प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

‘साना किसानको शुरुवात नेपालबाट भएको हो ।’ महतले भन्नुभयो ‘यसलाई अझ बढी फराकिलो बनाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता हो ।’ विदेशीले नेपाली मोडललाई अवलम्बन गर्दै कृषि क्षेत्रमा ठूलो फड्को मारिसकेको उहाँको धारणा थियो । सम्मेलनमा भएको उत्साहजनक सहभागिताले नेपालमा पनि साना किसानको दायरा बढ्दै गएको उहाँले बताउनु भयो ।

 

‘भौगोलिक विविधताका आधारमा कृषि खेतीमा किसान लाग्न सके उचीत प्रतिफल आउँछ ।’ अर्थमन्त्री महतले भन्नुभयो— ‘पछिल्लो समय नेपालबाट अलैची, अदुवा, कफी लगायतका कृषि उपज उल्लेख्य मात्रामा निर्यात भइरहेकोको र आगामी दिनमा तुलनात्मक लाभका बस्तु उत्पादन तर्फ कृषिकहरु लाग्नु पर्छ ।’ युवा कृषकलाई लक्षित गरी सरकारले सहुलियत रुपमा कर्जा प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो । सरकारले साना किसानलाई लक्षित गरी विभिन्न सहुलियतहरु ल्याएको बताउँनुहुदै उहाँले किसानहरुले मेहनतका साथ कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।

 

राज्यले साना किसानलाई अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएपनि प्रक्रियाका कारण किसानहरु सहज रुपमा उक्त कर्जा पाउन नसकेको सम्मेलन मुल आयोजक कमिटिका अध्यक्ष कृष्ण उपाध्यायले बताउनुभयो । नेपालको कृषि खेतीलाई व्यवसायीकरण गरी अर्गानिक खेती तर्फ उन्मुख हुनुपर्ने उहाँको सुझाव थियो । नेपालको गरीबी निवारण गर्न साना किसान सहकारीमार्फत अभियान चलाउनु पर्ने उहाँले बताउनु भयो । ‘ साना किसानहरुले जनचेतना अभावका कारण बैंकबाट महङ्गो व्याजमा कर्जा लिइरहेका छन् ।’ उहाँले भन्नुभयो ‘किसानलाई सहुलियत रुपमा कर्जा प्रदानको लागि सरकारले जनचेतना फैलाउनु पर्छ ।’

 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले कृषि सहकारीलाई व्यवस्थित गरि लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारले साना किसानलाई विभिन्न शिर्षकमा अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको र साक्षर नभएकै कारण त्यस्ता किसानहरुले सरकारले उपलब्ध गराउँदै आएको अनुदान तथा सहुलियत कर्जा उपयोग गर्न नसकेको बताउनु भयो ।

 

 

 

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सामाजिक र आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण भएको बताउनुभयो । ग्रामीण क्षेत्रको विकासमा साना किसाने खेलेको भूमिकाको कदर गर्नुभयो । तेस्रो मुलुकबाट अरबौं मूल्यबराबरको कृषि उपज भित्रिरहेको बताउँदै उहाँले यसका लागि सरकारको उचीत नीति आवश्यक रहेको बताउनु भयो ।

 

नेपालमा उत्पादन भएका राम्रा कृषि उपजहरु विभिन्न खालका ल्याव परीक्षण गर्नुपर्ने झण्झटिला प्रक्रियाका कारण स्वदेशमै कुहाएर फ्याल्नुपर्ने  वाध्यता रहेको बडालको भनाई थियो । पछिल्लो समय साना किसानहरु आफ्नो उत्पादन बिक्री गर्न निजीक्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्नुपर्ने वाध्यता रहेको भन्दै सरकारले नै बजारको उचित व्यवस्था गरिदिनुपर्ने उहाँको धारणा थियो ।

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले देशको आर्थिक समुन्नतिका लागि सबै ग्रामीण क्षेत्रमा सहकारी संस्थाहरु स्थापना गरिनुपर्ने बताउनुभयो । साना किसान सहकारीले गाउँ–गाउँमा राम्रो काम गरीरहेका छन’ उहाँले बताउनुभयो, ‘तर, त्यसलाई उचित व्यवस्थापन गर्न सकिएको  छैन ।’

 

 

 

 

 

हाल कृषि क्षेत्रमा राम्रा तथा नराम्रो दुवै भएकाले आगामी दिनमा यसलाई नीतिगत रुपमै व्यवस्थित गरिनुपर्ने छ । गाउँ–गाउँमा बाझो जमिन रहेको बताउँदै आगामी दिनमा यसलाई किसान समक्ष पु¥याउनु नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । हाल ग्रामीण क्षेत्रमा कृषि उत्पादन गरेपनि त्यसलाई बिक्री गर्न बजारको अवभाव भएको बताउँदै आगामी दिनमा किसानलाई बजारको सहज पुहँको व्यवस्था गर्नुपर्ने उहाँको राय थियो । सो कार्यको लागि सरकारले यातायात र विद्युत्को सुविधा दिनुपर्छ । पछिल्लो समय दैविक प्रकोपबाट साना किसानको ठूलो समस्या परेको बताउँदै यस्ता विपत्तिबाट हुने समस्या समाधान गर्न सरकारले छुट्टै कोषको व्यवस्था गर्नुपर्ने बताउँनुभयो । ‘हाल देशमा २३ प्रतिशत जनसंख्या गरिविको रेखामुनि रहेकोमा केही समय अघि भएको प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई परिपुर्ति गर्न नसकिए उक्त प्रतिशत बढेर ३५ पुग्ने छ,’ उहाँले भन्नुभयो, ‘देशमा गरिविको संस्था घटाउनका लागि पनि सरकार लगायत विभिन्न सरोकारवाला निकायले दैविक प्रकोपबाट साना किसानमा पर्न गएको क्षतिलाई न्युनिकरण गर्नुपर्छ ।’

 

कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले पछिल्लो समय साना किसानहरु व्यवसायीकरणमा लागेको बताउँनुभयो । ‘आजभन्दमा २० वर्ष अघिसम्म साना किसानले कुनै उद्योग कारखाना खोल्न सक्ने अवस्था थिएन,’ उहाँले भन्नुभयो, ‘तर, अहिले साना किसानहरुले चिया कारखाना खोलेका छन् यो साना किसान विकास बैंकको देन हो ।’ केही समय अघि सम्म साना किसान विकास बैंकले कृषकमा गरेको लगानी उठ्ने अवस्था थिएन तर अहिले साना किसान समुहमार्फत लगानी गर्दा सहज रुपमा उठ्ने गरेको उहाँको भनाइ थियो ।

 

कार्यक्रममा नेपाल स्थित इजरायली दूतावासका डीसीएम योहना नायम लेबलले नेपालको कृषिलाई व्यवसायीकरण गर्न आपूmहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘हाल इजरायलले इजरायलको कृषि प्रणालीलाई नेपालमा भित्र्याउनका लागि नेपाली कृषकलाई ट्रनिङ दिँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा ट्रेनिङ दिइने कामदार संख्यालाई पनि बृद्धि गरिनेछ ।’ साथै, इजरायलको कृषि प्रणालीलाई नेपालमा भित्र्याउन पाउँदा आपूmहरु खुशी रहेको बताउनुभयो । इजरायले थोरै जमिनमा खेती गरेर विश्वमा चर्चा कमाएको बताउँदै नेपालले पनि त्यसैगरी कृषिमा प्रगतिगर्नु पर्ने उहाँको आग्रह थियो । कृषिले ‘लर्न, अर्न र रिर्टन’को मन्त्रलाई आत्मसाथ गरी कृषि क्षेत्रलाई अघि बढाउन समेत अनुरोध गुर्नभयो ।

 

कृषि मन्त्रालयका निमित्त सचिव उदयचन्द्र ठाकुरले कृषिको आधुनिकिकरण र व्यवसायीकरण गर्न सहकारीमा आधारित कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउँनुभयो । यस वर्ष मन्त्रालयले २ सय जना किसानलाई लक्षित गरि प्रविधि हस्तान्तरण गर्न व्यवसायीकरण गर्न सहयोग गर्नेछ,’ उहाँले बताउँनुभयो । हाल सरकारले नयाँ प्रविधि भित्र्याउन र मेशिन खरिद गर्न २५ देखि ७५ प्रतिशतसम्म अनुदान दिँदै आएको र उक्त अनुदान रकमलाई उपयोग गरि साना किसानहरु व्यवसायीक खेती तर्फ उन्मुख हुनुपर्ने उहाँको भनाइ थियो । साथै, प्राकृतिक विपत्तिबाट हुने क्षति न्युनिकरणको लागि सरकारले बीमाको अवधारण ल्याएको बताउँदै यस तर्फ आकर्षित हुन सकेत आग्रह गर्नुभयो । अघिल्लो बर्षसम्म सरकारले बीमाको प्रिमियमा ५० प्रतिशत रकम अनुदान दिँदै आएकोमा चालू आवको बजेटमार्फत अनुदान रकमलाई बढाएर ७५ प्रतिशत पु¥याएको छ ।

 

कार्यक्रममा साना किसान महिला सहकारी संघ महारानी झोडा झापाकी अध्यक्ष मिना ढकालले महिलाहरुले संचालन गरेको सहकारीले कृषिलाई व्यवसायीकरण गर्न ठूलो सहयोग गरेको बताउँनुभयो । ‘हाल देशमा अर्वौ रकमको खाद्य सामग्री विदेशबाट भित्र्याइरहेको छ,’ उहाँले बताउँनुभयो, ‘यदि सरकारले साना किसानलाई सहयोग गरेमा विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता हट्नेछ ।’ साना किसानले सानो पुँजी बचत गरेर ठूला–ठूला उद्योग संचालन गरिरहेको समेत उहाँले बताउँनुभयो ।

 

 

 

सम्मेलन मुल आयोजक कमिटिका अपाध्यक्ष तथा साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै कृषि खेतीमा लाग्न आग्रह गर्नुभयो । ‘नेपाली युवाहरु १०–१५ हजार रुपैयाँमा लाखौं रकम लगानी गरेर वैदेशिक रोजगारीमा गइरहेका छन्,’ उहाँले बताउँनुभयो, ‘यदि स्वदेमै सोही अनुसारको परिश्रम खर्च गर्नेहो भने कृषिमा मासिक लाखौं रुपैयाँ आर्जन गर्न सकिनेछ ।’ पछिल्लो समय समाजमा बस्ने नचाहने राउटेहरु समेत कृषि खेतीमा आएको समेत उहाँको भनाइ थियो ।

– See more at: http://198.13.39.199/pages.php?pages_id=d&&AID=6485#sthash.e8ANTH3A.dpuf


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न