एलाईन्सको पहिलो प्रभाव काठमाडौं जिल्ला संघमा


-तुलसी सुवेदी-

काठमाडौं, माघ ११ । नेशनल कोअपरेटर्स एलाईन्सको पहिलो प्रभाव  काठमाडौं जिल्ला संघमा देखिने भएको छ । एलाईन्सको फागुन १५ गते हुने काठमाडौं जिल्ला संघको निर्वाचनमा आफ्नो उल्लेखनीय उपस्थिती जनाउने तयारी शुरु गरेको छ ।
झण्डै दुई वर्षअघिदेखि क्रियाशील रहदैं आएको एलाईन्सले पार्टीको भातृसंगठनजस्तै गरी आफ्नो सञ्जाल बिस्तार गर्र्दै आएको छ । यद्यपी, कुनै पनि पार्टीको भातृसंगठन नभई सहकारीमा भइरहेको राजनीतिलाई चिर्नका लागि एलाईन्स गठन गर्नुपरेको एलाईन्सका पदाधिकारीहरु बताउँदैं आएका छन् ।
एलाईन्स विशुद्व प्रजातान्त्रिक विचारधारा राख्ने सहकारीकर्मीको संगठन हो । एलाईन्सले काठमाडौं जिल्ला संघबाहेक राष्ट्रिय सहकारी संघ, नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन) एंव राष्ट्रिय सहकारी बैंकमा समेत उपस्थिती जनाइसकेको छ तर देशभर एलाईन्सको बलियो नेटवर्क स्थापित भईनसकेले ती निकायमा उसले सम्मानजनक सिट ल्याउन भने सकेन ।
एलाईन्सले काठमाडौं जिल्लामा १० वटा क्षेत्रिय कमिटीसमेत गठन गरेको छ । एलाईन्सका केन्द्रिय सचिव चन्द्रप्रसाद ढकालले हालसम्म ३२ जिल्लामा एलाईन्सको संगठन बिस्तार भइसकेको बताउनुभयो । त्यसबाहेक सम्पर्क समिति र तदर्थ समिति गरी थप ९ जिल्लामा पनि एलाईन्स पुगेको छ ।
एलाईन्सका सचिव ढकालले एलाईन्स सम्बद्व धेरै साथीहरु काठमाडौं जिल्ला संघको सदस्य एंव उम्मेदवारसमेत रहेको बताउनुभयो । ‘यसलाई कब्जा भन्न मिल्दैन्, हामी सहकारीमा राजनीति चाहदैनौं ।’ यद्यपी, सहकारीमा अर्को पक्षको हालीमुहाली भएकाले त्यसलाई काउन्टर दिन एलाईन्स गठन गरी गतिविधि अगाडि बढाउनुपरेको हो ।’ उहाँले भन्नुभयो ।
काठमाडौं जिल्ला संघमा एलाईन्स सम्बद्व अध्यक्षका दाबेदारहरु धेरै छन् । वर्तमान उपाध्यक्ष गोविन्द प्रसाद शर्मा, महासचिव सीताराम काफ्ले एंव एलाईन्स काठमाडौंका संयोजक केदार मानन्धर संघको नयाँ नेतृत्वको महत्वकांक्षी हुनुहुन्छ । एलाईन्सका सचिव एंव जिल्ला संघ काठमाडौंका महासचिव सिताराम काफ्लेले १६ वर्षअघि एक मतले अध्यक्षमा हारेकोले अरुमा दावी नहुने बताउनुभयो ।
एलाईन्सबाट सर्वसम्मत उम्मेदवार छनौट गरिनेछ, त्यसमा व्यक्तिगतरुपमा मेरो मरिहत्ते छै्रन् तर नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मान्यता हो’ उहाँले भन्नुभयो । यद्यपी, संगठनको विपरित जान नसकिने उहाँको भनाई थियो ।
त्यस्तै वामपन्थी समूहबाट वर्तमान अध्यक्ष केबी उप्रेती, कोषाध्यक्ष परितोष पौड्याल नयाँ नेतृत्वमा आउन सक्ने संभावना रहेको बताइन्छ । उप्रेती र पौड्याल सहकारीका अन्य निकायमा पनि रहेकाले टेकप्रसाद चौलागाई नयाँ नेतृत्वमा आउन सक्ने बताइन्छ ।
संघका कोषाध्यक्ष परितोष पौड्यालले विकल्प नभए आफूहरु नेतृत्व गर्न पछि नपर्ने दाबी गर्नुभयो । पौडयालले सहकारीमा एलाईन्सको नाममा राजनीति हुनु उचित नभएको बताउनुभयो ।
काठमाडौं जिल्ला संघमा हालसम्म १ हजार ६ सय ९८ सदस्य छन् । मंसिर १४ गतेसम्म सदस्यता आह्वान गरिएकाले करिब २ हजारसम्म सदस्य पुग्नसक्ने अनुमान छ । डिभिजन सहकारी कार्यालय काठमाडौंका अनुसार काठमाडौंैमा ४ हजार भन्दा बढी सहकारी संस्था दर्ता भएका छन् ।
क्षेत्र नम्बर ४ का संयोजक विपिन शर्माले एलाईन्स राजनीति गर्न नभई सहकारीमा भइरहेको राजनीति रोक्नका लागि भएको बताउनुभयो । ‘सहकारीलाई व्यवसायीकरण गर्ने उद्देश्य हो,  सहकारी राजनीति भन्दा बाहिर हुनुपर्छ’ उहाँले भन्नुभयो ।

यस्तो छ एलाईन्सको काठमाडौं १० क्षेत्र नम्बर

क्षेत्र नम्बर        संयोजक
क्षेत्र नम्बर १    सुरज लामिछाने
क्षेत्र नम्बर २    शिवहरी पौडेल
क्षेत्र नम्बर ३    गोविन्द काफ्ले
क्षेत्र नम्बर ४    विपिन शर्मा
क्षेत्र नम्बर ५    निरञ्जन सेढाई

क्षेत्र नम्बर ६    मनोज भण्डारी

क्षेत्र नम्बर ७    कमलराज अधिकारी
क्षेत्र नम्बर ८    अमरावती महर्जन
क्षेत्र नम्बर ९    कुबेर खड्का
क्षेत्र नम्बर १०   राममान सिंह


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न