रुपेन्देही जिल्लामा सहकारीको आकर्षण बढ्यो


बुटवल, माघ १२ । रुपन्देही जिल्लामा सहकारीको आकर्षक बढ्दै गएको छ । यहाँ अधिकांश सहकारीमा क्रियाशील हुन थालेका छन् ।

जिल्लामा दर्ता भएका सहकारीले तीन अर्ब ७१ करोड २३ लाख निक्षेप संकलन गरी ६ अर्ब २३ करोड ५४ लाख लगानी गरेका छन् । डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका एक लाख ३७ हजार ३२५ जना सहकारीमा आबद्व भएका छन् । सहकारीमा ९२ हजार ८ सय ८४ पुरुष र ४४ हजार ४ सय ४१ जना महिला सहकारीमा आबद्व भएको डिभिजन कार्यालयले जनाएको छ ।
यसमध्ये जिल्लामा महिलाले मात्र सञ्चालन गरेको सहकारीको सङ्ख्या ५७ रहेको कार्यालय प्रमुख रमा आचार्यले जानकारी दिनुभयो ।  यी सहकारीमा एक हजार ५९ जना प्रत्यक्ष रोजगारीमा रहेका छन् ।
डिभिजन सहकारी कार्यालयका अनुसार रुपन्देहीमा ६ सय ५५ सहकारी दर्ता भई सञ्चालन भइरहेका छन् । ती सहकारीको शेयर पूँजी १ अर्ब १६ करोड ५० लाख पुगेको बताइएको छ । रुपन्देहीमा सबभन्दा धेरै बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु आधाभन्दा बढी छन् । कार्यालयका अनुसार ३ सय ५४ बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा रहेका छन् । त्यस्तै १ सय २० वटा कृषि सहकारी सञ्चालनमा छन् ।
कार्यालयका अनुसार बहुउद्देश्य सहकारी ९९ वटा, दुग्ध उत्पादक ५५ वटा, उपभोक्ता सहकारी एकवटा, यातायात एक, सूचना तथा सञ्चार एक, कुखुरा, बाख्रा, माछा र पशुपालन सहकारी चार, स्वास्थ्य दुई, विद्युत् एक, औद्योगिक विकास एक, जडीबुटी दुई र अन्य दुईवटा गरी कुल ६५५ वटा सहकारीहरू सञ्चालनमा रहेका छन् ।
सहकारी ऐन २०४८ मा स्पष्ट व्यवस्था गरेअनुसार प्रत्येक सहकारीमा शिक्षा तथा सूचना उपसमिति गठन गरिनुपर्छ । उपसमितिले सहकारीको विनियमअनुसार अनिवार्य रुपमा १० प्रतिशत रकम खर्च गर्नुपर्दछ ।
तर, यहाँका अधिकांश सहकारीमा यस्तो व्यवस्था छैन । १० प्रतिशत रकम सहकारीमा आबद्ध भएका साधारण सदस्य तथा सेयर सदस्यहरूलाई शिक्षामूलक तालिम, सूचना तथा सहकारी शिक्षासम्वनधी जनचेतना अभिवृद्धिमा खर्च गर्नुपर्ने व्यवस्था रहेको भए पनि सहकारीहरूले यसो गरेको नपाइएको डिभिजन सहकारी कार्यालय रुपन्देहीका नायब सुब्बा चन्द्रकान्त भट्टराईले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक