पहिलो चौमासिक योजना अधुरो भएको समितिको ठहर


काठमाडौं, माघ १२ । व्यवस्थापिक–संसद कृषि तथा जलस्रोत समितिले मन्त्रालय र त्यस अन्तर्गतका निकायलाई जवाफदेही बनाउन,लक्षित कार्यक्रमहरू समयमा नै सम्पन्न हुने वातावरण निर्माण गर्न र काम कारवाही उपलव्धिमूलक र प्रभावकारी वनाउन कृषि विकास, सिंचाई, उर्जा र भुमिसुधार मन्त्रालयको आ.व. २०७१/०७२ को पहिलो चौमासिक अवधिमा लक्ष्य पूरा हुन नसकेका कामहरू र दोस्रो चौमासिक अवधिको मंसिर र पुष महिनाको प्रगति विवरणका वारेमा छलफल, समिक्षा र मुल्याङ्कन गरेको छ ।
आजको वैठकले सिंचाई मन्त्रालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदनमाथि छलफल र समीक्षा गरियो । सिंचाई मन्त्रालयको आ.व.२०७१/०७२ को प्रथम चौमासिकको लक्ष्य पूरा गर्न बाँकी निर्धारित कार्यक्रम तथा दोस्रो चौमासिक अवधिको मंसिर र पौष महिनाको (अर्ध वार्षिक अवधि) प्रगति विवरण सन्दर्भमा मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमाथि छलफल, समिक्षा र मुल्याङ्कन गर्दा मन्त्रालयले आफैले तय गरेको लक्ष्य अनुरुप सन्तोषजनक देखिएन ।  यस अवधिमा जम्मा २८ प्रतिशत मात्रै प्रगति भएको देखियो । वैठकमा मा. मन्त्रीज्यू र सचिवले  लक्ष्य निर्धारण गरिएका सवै कामहरू आर्थिक बर्षको अन्त्यसम्म सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । समितिले यस अघि इ७ः गर्न दिएको निर्देशनका सन्दर्भमा गर्ने कार्य अन्तिम चरणमा रहेको समेत जानकारी दिनुभयो ।
वैठकले लक्ष्य अनुरुप काम सम्पन्न गर्न नसक्नुका पछाडि साझा समस्याहरू समेत रहेकोले लक्ष्य अनुरुप काम सम्पन्न गर्न त्यस्ता समस्या समाधानका लागि मन्त्रालयले नै विशेष चासो दिएर अन्य मन्त्रालयसंग सम्न्वय गर्न र जुन आयोजनामा बिशेष समस्याहरू छन् त्यसको हकमा आवश्यक तदारुकता देखाई लक्ष्य अनुरुप काम गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
साथै सिंचाई मन्त्रालयको आ.व.२०७१/०७२ को लागि स्वीकृत कार्यक्रम तथा वजेटका सन्दर्भमा मन्त्रालयका विभिन्न निकायहरूले अविलम्व मासिक लक्ष्य सहितको बनाउन र सो अनुरुप प्रत्येक महिनाको प्रगतिको अवस्था सुचना प्रविधिको माध्यमवाट (अनलाईन मार्फत) मन्त्रालयलाई गराउने परिपाटिको शुरुवात गर्न तथा यो निर्देशनका सन्दर्भमा भएको प्रगतिको जानकारी मन्त्रालयको तर्फवाट समितिको अर्को द्वैमासिक समीक्षा वैठकमा उपस्थित भई गराउन समेत निर्देशन दिएको छ ।
समितिमा हुने यस किसिमको द्वैमासिक समिक्षाले मन्त्रालय र अन्तर्गतका निकायलाई आफ्नो ऋबभिलमबच या इउभचबतष्यल का आधारमा काम गर्न, कामलाई प्रभावकारी र व्यवस्थित वनाउन तथा कार्यन्वयन गर्ने निकायलाई जनताप्रति जवाफदेही वनाउन मद्दत पु¥याउछ भन्ने बिश्वास समितिले लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु