गुणस्तरहीन मदिरा बिक्री रोक्न छलफल


काठमाडौं, माघ १२ । उद्योगमन्त्री महेश बस्नेतले मदिराको विक्रि, वितरण तथा गुणस्तरका पक्षमा देखिएका समस्या समाधानका पक्षमा मदिरा उत्पादक व्यवसायीहरुसँग छलफल गर्नुभएको छ ।
आज उद्योगमन्त्रालयको सभाहलमा भएको सो छलफलमा उहाँले गुणस्तरहीन मदिरा विक्रि वितरणका साथै त्यसबाट विषेश गरी अछाम लगायतका पहाडी जिल्लामा परेको यावत समस्याको बारेमा आफ्नो ध्यानार्कषण भएको उल्लेख गर्नुभयो ।
सो छलफलमा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अछाम जिल्लामा अखाद्य मदिरा विक्रि भैरहेकाले सो कार्य तत्काल नियन्त्रण गर्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो । उहाँले अछामा जिल्लामा मदिराका वोतल तथा ठेउका (पेट वोटल)सार्वजनिक स्थलमा यत्रतत्र छरिएको अवस्था रहेकाले वातावरणीय समस्या निम्त्याएको उल्लेख गर्नुभयो । रावलले उक्त समस्यका समाधानका लागि सम्बन्धीत निकायलाई धार्नाकर्षण गराउनुभयो ।
त्यस्तै मदिरा उत्पादक व्यवसायिले सरकारको अनुमति प्राप्त डिस्टिलरीबाट उत्पादित मदिरा गुणस्तर भएको र अवैद्यरुपमा उत्पादित मदिरा गुणस्तरहीन भएको बताउनुभयो । मदिरा उत्पादक व्यवसायिहरुले विद्यमान ऐन, नियम व्यवसायि मैत्री नभएकाले संशोधन गर्न माग गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले