सहकारीले आफ्नो गल्ती सच्चाउनुपर्नेमा जोड


काठमाडौं, माघ १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सहकारी विभागका प्रमुख बालकृष्ण खाँडले सफल हुनका लागि विगतका गल्ती सच्याउनुपर्नेमा जोड दिनुभएको छ ।
नेशनल कोअपरेटर्स एलाईन्सले काठमाडौं जिल्ला सहकारी संघको १५ औैं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खाँडले नेपालमा सहकारीको अधारणा धेरै पहिले आए पनि यसलाई गति दिन जरुरी रहेको धारणा बताउनुभयो । सहकारीले यहाँ गर्न सक्ने धेरै छन्, सबभन्दा पहिला यसका गल्ती सञ्चाउनुपर्छ’ उहाँले भन्नुभयो । ‘व्यक्तित्व विकासका लागि र अर्थतन्त्रको समग्र विकासका लागि अधिकांश व्यक्ति सहकारीमा आबद्ध हुनु आवश्यक छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले सहकारीलाई उत्पादनशील क्षेत्रमा लैजान आवश्यक भएको बताउनुभयो । सहकारी क्षेत्रलाई नयाँ स्वरुपका साथ अगाडि बढाउनुपर्नेमा उहाँको भनाई थियो ।
पौडेलले सहकारीलाई उत्पादनमुखी बनाउन अपरिहार्य भइसकेको बताउनुभयो । सहकारीको विकास गर्नका लागि सबैको प्रयास आवश्यक रहेको बताउँदै पौडेलले भन्नु भयो, ‘एक आपसमा अत्यन्तै मर्यादित भएर सहकार्यका साथ अगाडि सक्यौ भने सहकारीको माध्यमबाटै देशको विकास गर्न सकिन्छ’ । सहकारीका माध्यमबाट हामीले अर्थतन्त्र बलीयो बनाउन सक्छौ, एकता गर्न सक्छौ र नेतृत्व गर्न सक्छौ ।
काठमाडौं जिल्ला संघको फागुन १५ गते निर्वाचन हुदैँछ । निर्वाचनको तयारीका लागि एलाईन्सले गृहकार्य व्यापक बनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक