दुई दर्जन सहकारी खारेजी प्रक्रियामा, खारेजी प्रक्रियामा बचत र कृषि सहकारी


सुनसरी, माघ १५ । सुनसरीका करिब दुई दर्जन सहकारी खारेजीको प्रक्रियामा पुगेका छन् । लगातार दुई वर्षसम्म ती सहकारीले कुनै गतिविधि अगाडि नबढाएपछि सहकारीलाई खारेजीको प्रक्रियामा लगिएको हो ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरीले २० वटा सहकारी संस्थालाई खारेजी प्रक्रियामा लगेको सूचना जारी गरेको छ । कार्यालयमा दर्ता भई विगत दुई वर्षभन्दा बढी अवधिदेखि लेखापरिक्षण प्रतिवेदन पेश नगरेको संस्था खारेज गर्न लागिएको हो । ती संस्थाले दुई वर्षयता संस्था संचालनमा रहेको कुनै पनि विवरण कार्यालयमा नबुझाएका कारण खारेजी प्रक्रियामा लगिएको कार्यालयका प्रमुख बलराम निरौलाले बताउनुभयो ।

कार्यालयबाट निरिक्षण गर्दा समेत कतिपय संस्था फेला नपरेको तथा कतिपय संस्थाहरु वन्द एवं निष्क्रिय अवस्थामा देखिएकाले सहकारी ऐन २०४८ को दफा ४१९३० बमोजिम खारेजी गर्न लागिएको उहाँले बताउनुभयो ।
दर्ता खारेज गर्नु नपर्ने उचित र प्रर्याप्त कारण भए ३५ दिनभित्र आधिकारिक कागजात प्रमाण सहित कार्यालयमा पेश गरे संस्था खारेजी सूचनामा उल्लेख छ खारेजीमा पर्न लागेका सहकारीमा अधिकांश बचत तथा ऋण सहकारी छन् । कार्यालयका अनुसार बचत तथा ऋण तर्फ प्रतिभा, भवानी, हरिपुर, लौकही सामविक, साथी, सामुदायियक महिला, पाथिभारा भहिला, संगम, विकास सहकारी दर्ता खारेजीमा पुगेका हुन् । त्यस्तै कृषितर्फ जीवपन ज्योती, बजरंगबली, गाउँले, त्रियुगा, नवयुग, पानीवारी, विष्णुपादुका, जनक सहकारी दर्ताको खारेजीमा पुगेको कार्यालयले जनाएको छ ।
त्यस्तै स्वास्तिक सामुदायिक स्वास्थ्य, सुनखरी उपभोक्ता दर्ता खारेजीमा रहेको कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक