घास खेती गर्दै सहकारी


चितवन, माघ १५ । पछिल्लो समयमा सहकारी कृषि कर्मतर्फ लागेका छन् । बचत तथा ऋणमा बढी केन्दिंत आएका सहकारीहरु पछिल्लो समयमा कृषिको कुनै पनि काममा सक्रिय हुन थालेका छन् । बचत तथा ऋाणमा आबद्व भएका सहकारीकर्मीसमेत छुट्टै कृषि सहकारी दर्ता गरेर भएपनि आधुनिक कृषि कर्म गर्दै आएका छन् ।
रत्ननगर–१४ पिठुवामा रहेको गुराँसफुल बहुउद्धेश्यीय सहकारी संस्थाले घाँस खेती कार्यक्रम शुरु गरेको छ । संस्थाले स्थानीय कृषकहरुको दुग्ध व्यवसायमा प्रबद्र्धन गर्ने उद्धेश्यले गुञ्जमान प्लटमा ४ विगहा जग्गा ठेक्कामा लिएर घाँस खेती शुरु गरेको हो ।
संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले कृषकलाई संस्थाले ३ रुपैया किलोमा घाँस विक्री गरी आन्दानी गर्ने सोही घाँसवाट बीउ उत्पादन गरी विक्री गर्ने लक्ष्य रहेको बताउनुभयो । जिल्ला पशु सेवा कार्यालय र राष्ट्रिय चरण विकास कार्यक्रमको सहयोगमा सहकारीले घाँसखेती सुरु गरेको उहाँले बताउनुभयो ।
३ हजार घरधुरी रहेको पिठुवा क्षेत्रमा झण्डै ८० प्रतिशत किसानले पशुपालन गर्दै आईरहेका छन भने १० प्रतिशत किसानले व्यवसायीक पशुपालन गरिरहेको संस्थाले जानकारी दिएको छ ।
जिल्ला पशु सेवा कार्यालय भरतपुरका पशु विकास अधिकृत अर्जुन थपलियाले घाँस काटेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पशु विकास अधिकृत शालिकराम पौडेल, पशु सेवा उप केन्द्र खोलेसिमलका प्राविधिक हरिप्रसाद सुवेदी,संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद गौतम,सह सचिव विद्या खनाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने