सहकारीले क्रिष्टल हाते ब्याग तालिम सञ्चालन गर्दै


m 2भक्तपुर, माघ १६ । महिला अभियान बचत तथा ऋण सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले क्रिष्टल हाते ब्याग बनाउने तालिम शुरु गरेको छ ।
संस्थाको शिक्षा तथा तालिम उपसमितिको संयोजकत्व एंव घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको आर्थिक सहयोगमा १४ दिने क्रिष्टलको हाते व्याग बनाउने तालिमको आयोजना गरिएको हो ।
संस्थाले आफ्ना सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरी महिलाहरुलाई उद्यमी व्यवसायी बनाउदै महिलाहरुको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी अध्यक्ष सृजना शर्मा चुडालले बताउनुभयो । तालिमले उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने उहाँको विश्वास छ । ‘जबसम्म महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन सक्दैनन्, तबसम्म महिला शशक्तिकरणका नाराहरु नारामा मात्र सीमित हुने छन्’ उहाँले भन्नुभयो ।
म्हिला अभियान साकोसको आफ्नै हलमा संचालित सो तालिममा १२ जना सदस्यहरुको उत्साहपुर्ण सहभागीता रहेको छ । संस्थाले आफ्नै सदस्यहरुलाई सक्षम, सवल र शसक्त बनाउदै लैजाने रणनिति अनुरुप संस्थाकै सदस्य सुष्मा खतिवडालाई प्रशिक्षक बनाएको छ । m 3
संस्थाका सचिव दुर्गा संजेलले महिलालाई आत्मनिर्भर बनाउन संस्थाले आगामी दिनमा पनि विभिन्न किसिमका तालिम आयोजना गर्ने बताउनुभयो । ‘विभिन्न समयमा सदस्यहरुलाई लक्षित गरी विविध प्रकारका सीपमुलक तालिमहरु संचालन गर्ने हाम्रो ध्येय नै छ’ उहाँले भन्नुभयो ।
संस्थाका संचालक एंव शिक्षा तथा तालिम उपसमिति संयोजक गीता लामिछानेले बढी भन्दा बढी सदस्यलाई व्यवसायिक तालिम दिन संस्था क्रियाशील रहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन