सहकारीको माध्यमबाट पशुपालनको क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने


pashu 17 काठमाडौं माघ १८ । मुलुकलाई आर्थिक सम्वृद्धि र पशुपालनमा आत्मनिर्भर बनाउन राम्रो सम्भावनाको क्षेत्र रहेपनि राज्यले सहयोग नगर्दा यूवाहरु बिदेश पलायन हुन बाध्य भएको भन्दै नवगठित केन्द्रिय पशुपालन सहकारी संघले राज्यले सहयोग गरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।
नेपाल कृषि पत्रकार प्रतिष्ठानले सञ्चालन गरेको काठमाडौको अनामनगरस्थित
कृषि उपभोक्ता डबली हलमा शानिवार केन्द्रिय पशुपालन सहकारी संघले एक पत्रकार सम्मेलनको आयोजना गरि राज्यको असयोगी निति विरुद्ध आन्दोलन जाने चेतावनी दिएको हो ।
केन्द्रिय पशुपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले पशुपालनको
क्षेत्रलाई प्रभावकारी बनाउन र बिदेश पलायन भइरहेको यूवा जनशक्तिलाई रोक्न
नै पशुपालन सहकारी संघको स्थापना भएको भन्दै राज्यले आफुहरुको मागलाई
सम्बोधन नगरे जस्तो सुकै कदम उठान बाध्य चेतावनी थियो ।
उहाँले पशुपालन क्षेत्रमा अरवौको कारोवार हुने र राम्रो सम्भावना भएको
क्षेत्र भएपनि राज्यको असयोग र निति नियम नै बाधक भएको दाबी गर्दे निति
निर्माण तहमा दबाब दिन आवश्यक भएको भन्दै अध्यक्ष अधिकारीले पहिलो चरणमा सामान्य दबाब दिने र सुनवाई नभए आन्दोलनमा जान पनि पछि नहटने भनाई थियो । सहकारीको माध्यमबाट पशुपालनको क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने र बिदेशिएको यूवा जनशक्तिलाई बिदेश पलायन हुनबाट रोक्न राज्यको निति नियमलाई सशोधन गर्नुपर्नेमा जोड दिदै त्यसका लागि आन्तिरक गृह कार्य
भइहरेको पनि अध्यक्ष अधिकारीले जानकरी दिनुभयो । पशु जन्य उत्पादनमा नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्दै नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी मार्फत काम गर्न संघ गठन भएको जनाएको हो । नेपालले पशु जन्य उत्पादनमा मासु, दूध, उन, छाला लगाएतका बस्तु आयात गर्दै आएको छ ।
निर्यातको प्रचुर सम्भावना हुँदाहुँदै आयात गर्नु परेको अवस्थालाई न्यूनीकरण गर्न सकिने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी दिनुयो ।
संघले आफ्ना कार्यक्रममा बढी भन्दा बढी युवा कृषकलाई अवसर दिई संघमा
आवद्ध गराउने रणनीति रहेको जनाएको छ । कृषकले मासुका लागि पालन गरेका पशुहरुको बजार पहुचवृतिका लागि केन्द्रिय स्तरमा मिटमार्ट सञ्चालन गर्ने, पशुबिमाको लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने, पशुहरुको नशल सुधारको लागि पशुप्रजन्न केन्द्रको स्थापना गर्ने, पशुहाट बजारको स्थापना गर्न पहलकदमी लिने, पशु ढुवानी गर्दा पालना गर्नुपर्ने मापदण्ड कार्यान्वयनमा पहल गर्ने, यूवा लक्ष्ति सरकारी तथा अन्य निकायको अनुदान कार्यक्रमहरुलाई गरिव किसानको पहुँचमा पुया्उन पहल गर्ने लगायतका भावी योजना हरु अघि सारिएको आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय पशुपालन सहकारी संघले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन